+
+
Shares

६७ लाख खर्चेर तेबहालको पुननिर्माण सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २८ गते १७:५१

२८ साउन काठमाडौं । काठमाडौको न्युरोडमा रहेको राजकीर्ति महाविहार तेबहालको पुनर्निर्माण सकिएको छ । ६७ लाख रुपैयाँ खर्चेर पुनर्निमाण सम्पन्न गरिएको हो ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पुनर्निर्मित महाविहारको मंगलबार उद्घाटन गरे ।

मेयर शाक्यले तेबहालमा अझै आगमघर र संकटा मन्दिरको पुनर्निर्माण गर्न बाँकी रहेको भन्दै यसका लागि चाँडै प्रस्ताव ल्याउन आग्रह गरेका छन् । यसका लागि महानगरसँग बजेट उपलब्ध रहेको उनले जानकारी दिए । तेबहालभित्र रहेको सम्पुर्ण सम्पदा पुनर्निर्माण गरेर देशकै नमुना स्थल बनाउने उनको भनाइ छ ।

मेयर शाक्यले भने, ‘यहाँ सम्पदा पुनर्निर्माण भइसकेपछि चुप लागेर नबसौं । अन्य ठाउँका मानिसलाई पनि आवश्यक सहयोग गर्नुस् ।’

शहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले यो महाविहारको पुनर्निर्माण गर्दा धेरै पाठ सिकेको भन्दै अरु दुई सम्पदा निर्माणका लागि अगाडि बढ्न सहयोग गर्ने बताए ।

महाविहार पुनर्निर्माणको कुल खर्च ६७ लाख ४ हजार २ सय ८८ रकम रहेको छ । यसमध्ये काठमाडौ महानगरपालिकाबाट झण्डै २२ लाख रुपैयाँ, सांसद विकास कोषबाट ८ लाख र उपभोक्ता समितिबाट ३ लाख रुपैया उपलब्ध भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?