+
+

हेटौंडाको एउटै वडामा डेंगुका ६० बिरामी

नियन्त्रण अभियानमा सुरक्षाकर्मीदेखि सर्वसाधारणसम्म

रासस रासस
२०७६ साउन २९ गते ११:०५

२९ साउन, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाका करिब ६० जनामा डेंगुको संक्रमण देखिएको छ ।

उपमहानगरपालिकाको वडा नं. ४ का ६० जनामा डेंगुको संक्रमण देखिएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ महाशाखा प्रमुख सुपेन्द्र कार्कीले जानकारी दिए ।

उपमहानगरपालिकाका अन्य वडामा पनि डेंगुको संक्रमण देखिएको छ । तर, सबैभन्दा बढी संक्रमित वडा नं. ४ का वासिन्दा बनेका छन् । उपमहानगरपालिकाका जनस्वास्थ महाशाखा प्रमुख सुपेन्द्र कार्की अनुसार डेंगु संक्रमित उपमहानगरपालिकाका बिरामीमध्ये आधा यही वडाका छन् ।

नियन्त्रण अभियानमा सुरक्षाकर्मी

हेटौंडामा डेंगुले महामारीको रूप लिन थालेपछि नियन्त्रण अभियान थालेको छ ।

नियन्त्रणको प्रयासका बाबजुद पनि जिल्लामा डेंगुका बिरामी बढ्दै गएपछि बृहत् सचेतना, सरसफाइ तथा लामखुट्टेको सम्भावित बासस्थानको खोजी गरी नष्ट गरिने कार्य सञ्चालन गरिएको महाशाखा प्रमुख कार्कीले जानकारी दिए ।

डेंगु नियन्त्रण अभियानमा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीसमेत सहभागी भएका छन् ।

हेटौंडाको पशुपति मन्दिर परिसरबाट ठूलो संख्यामा सर्वसाधरण, विभिन्न संघ–संस्थाका प्रतिनिधि, राजनीतिक दलका पदाधिकारी, प्रदेशसभा सदस्य, नेपाली सेना, प्रहरी तथा सशस्त्र प्रहरीका अधिकृत हेटौंडा उपमहानगरपालिकाका पदाधिकारी, नगर प्रहरीलगायत सयौंको संख्यामा स्थानीयवासी तथा सुरक्षाकर्मी बिहानैबाट लामखुट्टे नष्ट गर्ने अभियान ‘सर्च एण्ड डिस्ट्रोय’ मा सहभागी भएको उपमहानगरपालिकाका जनस्वास्थ महाशाखा प्रमुख कार्कीले जानकारी दिए ।

केही समयदेखि देशका पूर्वी भागमा डेंगुको संक्रमण देखिएको छ । सुरुमा धरानमा देखिएको संक्रमण समाधान हुनुको साटो देशका अन्य भागमा समेत फैलँदै गएको छ । सरोकारवालाहरूले यसले महामारीको रूप लिन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?