Comments Add Comment

आँचललाई प्रश्न–‘के उदिपसँग तपाइको प्रेम छ ?’

नायिका आँचल शर्मा चलचित्रसँगै म्यूजिक भिडियो र विज्ञापनको काममा व्यस्त छिन् । चलचित्रसँगै उनको व्यक्तिगत जीवनको खबर पनि सार्वजनिक भैरहेको हुन्छ । पछिल्लो समयमा आँचल आफैले उदिप श्रेष्ठ नाम गरेका एक यूवकसँगको तस्वीर सार्वजनिक गरेपछि चलचित्र बजारमा उनीहरुको प्रेमको चर्चा गर्माएको छ ।

आँचल र उदिप एक अर्कालाई मिस गर्छन् । दुबै जना टाढा हुँदा एक अर्कालाई मिस गरेको स्टाटस इन्स्टाग्राममा पोष्ट गर्न डराउँदैनन् । यसैले पनि दुइको प्रेमको चर्चा चल्नु स्वभाविक नै हो ।

अनलाइनखबरले आँचलाई उदिपसँग तपाइको प्रेम हो भनेर सोधेको थियो । जसमा आँचलले भनिन्–‘मैले प्राय केटा साथी नबनाउने भएकाले पनि अहिले मानिसहरुलाई उदिपसँगको तस्वीर राख्दा त्यस्तो लागेको होला । तर, उदिप र म निकै नै नजिकको साथी भएका छौ । अहिले हामी नजिक छौ ।’

के यसलाई प्रेमको भाषा भन्न सकिन्छ, आँचलले भनिन्–‘अहिले नै प्रेम छ भनेर भनिहाल्न नमिल्ला । भोली जे पनि हुनसक्छ । मलाई उहाँ राम्रो लाग्न थाल्नुभएको छ । म केही समयपछि नै यो बिषयमा आफै सबै कुरा सार्वजनिक गर्नेछु ।’
आँचल र उदिपको भेट ३ बर्ष अगाडि भएको थियो । एकजना नजिकका साथीबाट उनीहरुको भेट भयो । तर, उनीहरु नजिक भएको गतबर्षको दशैंपछि हो । आँचलले भनिन्–‘गतबर्षको दशैंपछि हामी नजिक हुन थालेका हौं । दुबै जना टाढा हुँदा मिस हुन्छ ।’

उदिप पेशाले डाक्टर हुन् । उनी केही दिन अगाडि भारत पुग्दा पनि आँचलले आफूले मिस गरिरहेको र चाडै आउन भन्दै इन्स्टाग्राममा स्टोरी राखेकी थिइन् । पछिल्लो समयमा आँचलको इन्स्टाग्राममा उदिपसँगको तस्वीर निकै सार्वजनिक भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment