Comments Add Comment

तीन खानसँग तुलना गरिएपछि प्रभासले के भने ?

बलिउडमा तीन खानको बर्चश्व छ । अर्थात दबंग ब्वाई सलमान, मिस्टर परफेक्शनिस्ट आमिर, किंग खान शाहरुख । यी तीनको दाँजोमा अरु कुन अभिनेता होलान् ? जवाफ सहज छैन ।

हालै भने बाहुबली फेम अभिनेता प्रभासलाई खानसँग तुलना गरियो । भनिहालौं, प्रभासको प्रदर्शनोन्मुख चलचित्र ‘साहो’ बहुप्रतिक्षित छ । अत्यान्तै धेरै बजेट खर्चिएर बनाइएको यो चलचित्रसँगै प्रभास यतिबेला लाइमलाइटमा छन् ।

अतः फिल्म अभिनेता प्रभासले बलिउडका लोकपि्रय खान अभिनेताहरुसँग आफ्नो तुलना गरिएकोप्रति आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

प्रभासका अनुसार सलमान खान, शाहरुख खान तथा आमिर खानसँग उनको तुलना गर्नु गलत हो । उनीहरुले दशकौंदेखि दर्शकहरुलाई मनोरञ्जन गराइरहेकाले पनि आफूलाई उनीहरुसँग तुलना गर्न नमिल्ने उनको तर्क छ । प्रभासको भनाइ छ-‘खान अभिनेताहरुले हामीलाई दर्शकहरुप्रति प्रेरित गरेका छन् । उनीहरु जस्ता महान् कलाकारसँग मेरो तुलना गर्नु गलत कुरा हुनेछ ।’

रमाइलो कुरा के छ भने फिल्म अभिनेता प्रभासको फ्यान फलोइङ आश्चर्यजनक ढंगले बढिरहेको छ । उनको पछिल्लो भनाइले नै उनको फ्यान फलोइङ किन बढिरहेको छ भन्ने कुरा दर्शाउँछ ।

फिल्म साहोको टे्रलर सार्वजनिक गर्ने समारोहका लागि अभिनेता प्रभास भारतका पाँच मुख्य शहरको भ्रमणमा निस्किएका छन् । प्रत्येक शहरमा उनलाई भेट्न प्रसंशकहरुको लामो लाइन नै लाग्ने गरेको छ ।

प्रभासले उक्त फिल्मलाई लिएर मुम्बई, चेन्नई, कोची, बेंगलुरु तथा हैदराबाद जस्ता शहरहरुको भ्रमण गरिरहेका छन् । हालै मात्र उक्त फिल्मको टे्रलर मुम्बईमा सार्वजनिक गरिएको हो ।

उक्त फिल्मको टे्रलरमा प्रभासलाई एक खतरनाक जासूसको रुपमा देखाइएको छ, जो निकै बहादुर छन् । उनी कुनै पनि अपराधीलाई पक्राउ गरेको रेकर्ड राख्छन् । उनको बहादुरीका ईतिहास कस्तो छ भने उनी जति नै खतरनाक अपराधीलाई समेत पक्राउ गर्न सक्षम छन् ।

प्रभासलाई फिल्मको उक्त अवतारमा देख्नका लागि उनका प्रसंशकहरु व्यग्र प्रतिक्षा गरिरहेका छन् । उक्त फिल्ममा श्रद्धा कपूर पनि महत्वपूर्ण भूमिकामा छिन् । टे्रलरमा समेत श्रद्धाले उत्कृष्ट काम गरेको अनुमान गरिएको छ । यी दुईका अतिरिक्त यो फिल्ममा मन्दिरा बेदी, एवलिन शर्मा, ज्याकी श्राफ तथा माइकल लाल पनि महत्वपूर्ण भूमिकामा छन् ।

साहो एउटा सस्पेन्टस थि्रलर फिल्म हो । यो फिल्मको यही अगष्ट ३० मा दिन विश्वव्यापी प्रदर्शन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment