Comments Add Comment

रक्षा बन्धनमा चेलीलाई उपहार

बजारमा उपलब्ध जनै, क्वाँटी तथा राखीले रक्षा बन्धन नजिकिँदै गएको अनुभव गराउँछ । उक्त दिन सबैका लागि विषेश हुन्छ । अझ दिदी-बहिनी र दाजु-भाइका लागि त अझ विषेश हुन्छ । उक्त दिन आफ्ना दाजु-भाइको सुस्वास्थको कामनाकासाथ दिदी-बहिनीले दाजु-भाइलाई राखी बाँधिदिने गर्छन । हुन त राखी भारतबाट भित्रिएको संस्कृति हो, तर राखीले दिदी-बहिनी र दाजु-भाइको सम्बन्धलाई अझ बलियो बनाउन सहयोग गरेको छ ।

दिदी-बहिनीले राखी लगाइदिएपछि दाजु-भाइले पनि केही उपहार दिने चलन रहीआएको छ । राम्रा-राम्रा उपहार दिएर दाजुभाइ आफ्ना दिदीबहिनीलाई खुशी बनाउने कोसिस गर्छन् ।

यसपटकको रक्षा बन्धनमा पनि तपाईं आफ्ना दिदी-बहिनीलाई के उपहार दिने त ?

इयर रिङ्स

त्यसै पनि महिलाहरु स-साना कुराहरुले नै खुशी हुने गर्छन् । त्यसमा पनि आफ्ना दाजु-भाइले दिएको उपहार पाउँदा त उनीहरुको खुशीको कुनै सीमा नै हुँदैन ।.महिलाहरुलाई गरगहना लगाउने धेरै शोख हुन्छ । जसमा इयर रिङ्स पनि पर्छ । यो गहना उनीहरुलाई अझ बढि मनपर्छ । यसपटकको रक्षा बन्धनमा तपाईं इयर रिङ्स उपहार दिएर आफ्ना दिदी-बहिनीलाई खुशी बनाउन सक्नुहुन्छ ।

कस्टमाइजड टी शर्ट

तपाई आफ्ना दिदी-बहिनीलाई टीशर्ट उपहार स्वरुप दिन सक्नुहुन्छ । आजभोलि टी शर्ट सजिलो र सुन्दर देखिने भएकाले महिलाको रोजाई बन्न थालेको छ ।

त्यसमा पनि आफूलाई मन पर्ने कुनै कुरा लेखिएको छ भने यो जस्तो सुन्दर उपहार उनका लागि अर्को कुनै हुनै सक्दैन । अहिले त्यस्ता धेरै अनलाइन सपिङ तथा पसलहरुमा आफ्नो रुचिअनुसारको डिजाइन र कोटेशनहरु टी शर्टमा लेख्न सुविधा उपलब्ध छन् । तपाईले आफ्ना दिदी-बहिनीलाई मनपर्ने डिजाइन र कोटेसन लेख्न लगाएर उनीहरुलाई रक्षा बन्धनको उपहार दिन सक्नु हुन्छ ।

कस्मेटिकहरु

हरेक उमेरका महिलाहरु मेकअप गर्न रुचाउँछन् । आफुलाई मेकअपले सुन्दर र आकर्षक देखिने भएकोले पनि महिलाहरु मेकअप गर्न चाहान्छन् । त्यसैले तपाई रक्षा बन्धनको उपहारस्वरुप आफ्ना दिदी बहिनीलाई मन पर्ने मेकअप किट अथवा कस्मेटिकहरु दिन सक्नुहुन्छ ।

फिटनेस ब्यान्ड

हिजोआज हरेक व्यक्ति आफ्नो फिटनेसप्रति ध्यान दिन्छन् । बजारमा उपलब्ध स्मार्ट वाच र फिटनेस ब्याण्डको माध्यमले हामी जुनसुकै समयमा  पनि आफ्नो स्वस्थको बारेमा जानकारी राख्न सक्छौ । फिटनेस ब्यान्डको माध्येमले हामी आफ्नो मुटुको धड्कन, क्यालोरी, कार्डियो स्टेप्स जस्ता धेरै कुराहरु हेर्न सक्छौ ।

यदि तपाईंका दिदी-बहिनी स्वास्थप्रति सजग छन् भने रक्षा बन्धनको उपहार स्वरुप फिटनेस ब्यान्ड दिन सक्नु हुन्छ ।

यसरी तपाई आफ्ना दिदी-बहिनीको मन पर्ने उपहार दिएर रक्षँ बन्धनलाई विशेष बनाउन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment