+
+
Shares

प्रदेश सरकारको एक्लो प्रयासले डेंगुको महामारी रोकिन्न : मन्त्री घिमिरे

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २९ गते २०:३९

२९ साउन, विराटनगर । प्रदेश सरकारले आफ्नो एक्लो प्रयासले डेंगुको महामारी रोक्न नसकिने बताएको छ ।

प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरेले आम नागरिक सचेत हुनुपर्नेमा जोड दिए । धरानबाट सुरु भएको डेंगुको संक्रमण पूर्वी नेपालमा बढ्दो छ ।

यसबारे प्रदेशसभामा प्रश्न उठेपछि जवाफ दिएका सामाजिक विकासमन्त्री घिमिरेले युवा र विद्यार्थी परिचालन गरेर जनताको घरघर पुग्ने प्रयास भइरहेको बताए ।

उनका अनुसार ३१ वैशाखमा धरानमा देखा परेको डेंगुका कारण हालसम्म एक जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या प्रदेश १ मात्र ३ हजार १ सय ५२ पुगेको छ ।

डेंगु नियन्त्रणको अभियान संचालन गर्दै सरकारका अधिकारीहरु घरघरमा जाँदा केही न्यूनिकरण भएपनि पूर्ण रुपमा नियन्त्रणमा आउन नसकेको उनले बताए । फगिङबाट लामखुट्टेका लार्भा नष्ट नभएको तर मानिसको स्वास्थ्यमा नकारात्मक असर परेको भन्दै उनले त्यसलाई निरुत्साहित गरिएको बताए ।

डेंगुको परीक्षणका लागि किट वितरण रोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?