Comments Add Comment

आज दोस्रो विश्व संस्कृत दिवस मनाइँदै

३० साउन, काठमाडौं । संस्कृत भाषामा रचना भएका ग्रन्थमा रहेका ज्ञान प्रसारमा सहयोग पुर्‍याउने उद्देश्यले दोस्रो विश्व संस्कृत दिवस बिहीबार विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

गत वर्षदेखि जरो किलो प्रतिष्ठान नेपालले प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन विश्व संस्कृत दिवस मनाउन थालेको हो ।

संस्कृत भाषाको सम्वर्द्धन तथा प्रवर्द्धनका लागि विश्व संस्कृत दिवस मनाउन लागिएको कार्यक्रम संयोजक डा. गोविन्दशरण उपाध्यायले जानकारी दिए ।

जनै पूर्णिमा, ऋषितर्पणी तथा रक्षा बन्धनको अवसर पारेर साउन ३० गते बिहीबार प्रतिष्ठानको कार्यालय जमलमा दोस्रो विश्व संकृत दिवस मनाउन लागिएको उनले बताए ।

प्रतिष्ठानले गत वर्ष त्रिभुवन विश्वविद्यालय संस्कृत केन्द्रीय विभाग, विश्व भाषा क्याम्पस संस्कृत विभाग, त्रिचन्द्र क्याम्पस दर्शन विभागको संयुक्त आयोजनामा पहिलो विश्व संस्कृत दिवस मनाएको थियो ।

प्राचीनतम् भाषा संस्कृतको विश्वमै उपयोगिता र महत्व बढ्दै गए पनि यसको उदगमस्थल नेपालमा भने चासो कम हुन थालेकाले दिवस मनाउन शुरु गरिएको प्रतिष्ठानका अध्यक्ष डा. निर्मलमणि अधिकारीले बताए ।

यस अवसरमा नेपाल संस्कृत विश्वविद्यालय, त्रिवि केन्द्रीय संस्कृत विभाग, विश्वभाषा क्याम्पस संस्कृत विभाग, त्रिचन्द्र क्याम्पस दर्शन विभागलगायतले संस्कृत जागरणका लािग कार्यक्रमको आयोजना गरेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment