Comments Add Comment

युरो टी–२० क्रिकेट प्रतियोगिता रद्द

३० साउन, काठमाडौं । युरो टी–२० स्ल्याम क्रिकेट प्रतियोगिता नहुने निश्चित भएको छ ।

बोम्बे स्पोर्ट्स लिमिटेड र वुड्स इन्टरटेनमेन्टले बुधबार प्रतियोगिता स्थगित भएको जानकारी दिएको हो । प्रतियोगिता सुरु हुन दुई सातामात्रै बाँकी थियो ।

नेदरल्यान्ड्स, आयरल्यान्ड र स्कटल्यान्ड क्रिकेट बोर्डको नेतृत्वमा हुन लागेको प्रतियोगिता अन्तिम चरणमा पुगेर नहुने भएको हो । प्रतियोगिता यही अगष्ट ३० देखि सेप्टेम्बर २२ तारिखसम्म हुने मिति तय भएको थियो ।

तीन देशका २–२ टीम गरी ६ फ्रेन्चाइज टीमको सहभागिता रहने प्रतियोगिताका लागि ठूला र स्टार खेलाडी सबै अनुबन्धित भइसकेका थिए । तर आयोजकले प्रेस विज्ञप्ति निकाल्दै प्रायोजक र सहभागी टीमसँगको छलफलपछि प्रतियोगिता रद्द गरेको उल्लेख गरेको छ ।

यही प्रतियोगितालाई २०२० मा आयोजना गर्ने पनि आयोजकले जानकारी दिएको ईएसपीएन क्रिकइन्फोले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment