Comments Add Comment

‘सोच’मा नीताका लागि प्रज्ज्वल र पुजनको द्धन्द्ध

प्रेम र एक्सनको मिश्रणमा तयार भएको चलचित्र ‘सोच’को ट्रेलर सार्वजनिक गरिएको छ । यो चलचित्र भदौको २० गतेबाट रिलिज हुँदैछ । चलचित्रको ट्रेलरमा नायिका नीता ढुंगानाको साथमा कलाकारद्धय प्रज्ज्वल गिरी र पुजन सिंहलाई देखाइएको छ ।

नीताका लागि प्रज्ज्वल र पुजनको द्धन्द्धलाई ट्रेलरमा देखाइएको छ । यो चलचित्रलाई पुजन सिंहले नै निर्देशन गरेका हुन् । पुजनकै कथा रहेको चलचित्रमा गंगा रजक र एसडीको लगानी छ । सोच फिल्मस् प्रोडक्शन एण्ड डिस्ट्रिब्युटर्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई बिदुर पाण्डेले खिचेका हुन् ।

कृष्ण आचार्यको पटकथा तथा संवाद रहेको चलचित्रमा एनवी महर्जनको एक्सन, रामजी लामिछाने र प्रभाकर प्रकाशको कोरियोग्राफी, डिजे एलएक्सको संगीत र प्रितम पाण्डेको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment