+
+
Shares

जंगलमा तास खेलिरहेका ८ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन ३० गते १८:२६

३० साउन, गोरखा । गोरखाको पालुङटारबाट प्रहरीले ८ जना जुवाडेलाई पक्राउ गरेको छ ।

पालुङटार नगरपालिका–५ चिहानडाँडा नजिकैको जङ्गलमा टेन्ट टाँगेर जुवा खेलिरहेको अवस्थामा सोही गाउँपालिकाका दामोदर घिमिरे, पालुङटार नगरपालिकाका रुप बहादुर गुरुङ, गोरखा नगरपालिकाका झमबहादुर भुजेल, बन्दिपुर गाउँपालिकाका किरणकुमार श्रेष्ठ, भानु नगरपालिकाकी नसिमुन मियाँ, व्यास नगरपालिकाका नवराज शर्मा, वेशीशहर नगरपालिकाका दुर्गा घिमिरे र भरत पौडेललाई पक्राउ गरेको गोरखा प्रहरीले जनाएको छ ।

वुधबार राति करिव ९ बजे पक्राउ परेका उनीहरुलाई जुवा ऐन अन्तरगत मुद्धा दर्ता गरी सात दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको गोरखाका डीएसपी महेन्द्र नेपालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?