Comments Add Comment

‘मिसन मंगल’को आक्रामक ओपनिङ

बिहिबारदेखि रिलिजमा आएको बलिउड चलचित्र ‘मिसन मंगल’ले बक्स अफिसमा आक्रामक कमाई गरेको छ । भारतको स्वतन्त्रता दिवसको अवसरमा रिलिज भएको यो चलचित्रले पहिलो दिन करिब ३० करोडको ओपनिङ गरेको छ । बिहिबार भारतमा राष्ट्रिय बिदा भएकाले पनि चलचित्रको ओपनिङ बम्पर भएको हो । चलचित्रले बिहिबार २९.१६ करोडको ओपनिङ गरेको हो ।

योसँगै यो चलचित्र नायक अक्षय कुमारको करिअरकै सबैभन्दा ठूलो ओपनिङ गर्ने चलचित्र बनेको छ । अक्षयका चलचित्र प्राय अगष्ट १५ मा रिलिज हुँदै आएका छन् । यसअघि उनको ‘गोल्ड’ चलचित्रले बक्स अफिससमा २५.२५ करोडको ओपनिङ गरेको थियो ।

यो चलचित्रमा अक्षयको साथमा विद्या बालन, तपसी पन्नु, सोनाक्षी सिन्हा लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रलाई समिक्षक र दर्शक दुबैले मन पराएका छन् । यसकारण पनि चलचित्रले बक्स अफिसमा अझै केही रेकर्डहरु राख्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment