Comments Add Comment

‘मिसन मंगल’ भर्सेस ‘बाटला हाउस’ : कुन घतलाग्दा ? 

अक्षय कुमारको ‘मिसन मंगल’ र जोन अब्राहमको ‘बटला हाउस’बीच यतिबेला भिडन्त चलिरहेको छ । उक्त दुई फिल्ममध्ये कुन बढी घतलाग्दा होलान् त ?

यस्तो छ मिसन मंगल

जब-जब कुनै व्यक्तिले समस्याहरुसँग लडेर केही असाधारण उपलब्धीहरु हासिल गर्छ, स्वभाविकै रुपमा उ समाजको एउटा प्रेरणाको स्रोत बन्दछ । जब उक्त उपलब्धि राष्ट्रिय उपलब्धि बन्छ, उक्त राष्ट्रका नागरिकहरुले एक प्रकारको गौरवको महसुस गर्छन् ।

पछिल्लो केही समयदेखि भारतीय सिनेमामा केही त्यस्तै असाधारण नायकहरुको कथाहरु प्रस्तुत गर्न थालिएको छ, जसको उपलब्धिले समाज, मानवता तथा देशलाई नै एउटा दिशा प्रदान गर्न सफल भएको छ । त्यस्तै एक असाधारण कथा छ बिहिबारदेखि प्रदर्शन प्रारम्भ भएको नयाँ फिल्म मिशन मंगलको ।

फिल्ममा राकेश धावन नाम गरेका चरित्रको कथालाई प्रस्तुत गरिएको छ, जो इसरोका एक वैज्ञानिक हुन् । राकेशलाई जीएसएलवी सि ३९ प्रोजेक्ट अन्तर्गत रकेट पक्षेपण गर्ने जिम्मा दिइन्छ, तर उक्त मिशन असफल हुन्छ । त्यस्तो अवस्थामा उनको सरुवा वर्षौंदेखि बन्द रहेको मिशन मंगल डिपार्टमेन्टमा गरिन्छ ।

त्यहाँ उनको भेट अर्की वैज्ञानिक तारा शिन्दे (विद्या वालन) संग हुन्छ । तार पनि लामो समयदेखि उक्त डिपार्टमेन्टमा कार्यरत छिन् । एक दिन अचानक तारालाई होम साइन्सको आधारमा अन्तरीक्षमा रकेट पठाउने विचार आउँछ । कसरी उक्त मिशन प्रतिरोधका बावजूद पुरा हुन्छ ? कसरी त्यो मिशन प्रँरम्भ हुन्छ ? कसरी यान पठाइन्ट ? यीनै कुराहरुमा आधारित छ फिल्म मिशन मंगलको कथावस्तु ।

रमाइलो कुरा के छ भने, वास्तविक रुपमै यो एउटा त्यस्तो मिशन थियो, जसलाई देखेर विश्व् नै आश्चर्यमा परेको थियो । किनभने अन्तरिक्षको संसारको यो सबैभन्दा सस्तो र सफल अभियान रहेको थियो । फिल्मका निर्देशक जगत शक्तिले उक्त कथालाई निकै नै सुन्दर तरिकाले पटकथामा ढाल्न सफल भएका छन् । फिल्मका अधिकांश कलाकारहरु उनकै निर्देशनमा पुरै पकडका साथ पर्दामा देखिएका छन् ।

फिल्ममा केवल स्पेशल इफेक्ट तथा कम्प्युटर ग्राफिक्सको प्रयोग केही कम गरिएको भए अझ राम्रो हुन्थ्यो । अन्तरिक्षका केही दृष्यहरु कमजोर देखिएका छन् ।

अभिनयको दृष्टिकोणले हेर्ने हो भने राकेश धवनको चरित्रमा अभिनेता अक्षय कुमार पूर्ण रुपमा फिट देखिएका छन् । उनले आफ्नो संवादहरुको माध्यमबाट दर्शकहरुलाई मुस्कुराउन बाध्य बनाउँछन् ।

तारा शिन्देको चरित्रमा अभिनेत्री विद्या बालनले पनि निकै सुन्दर काम गरेकी छिन् । एका गान्धीको चरित्रमा सोनाक्षी सिन्हा निकै सुहाएकी छिन् । तापसी पन्नूको भागमा निकै कम काम परेको छ, तर जति काम उनले पाएकी छिन् त्यसलाई पुरै ईमान्दारीताका साथ निर्वाह गरेकी छिन् । यसबाहेक विक्रम गोखले, दिलीप ताहिल जस्ता वरिष्ठ कलाकारहरुले फिल्मलाई अझ बढि विश्वसनीयता प्रदान गरेका छन् ।

समग्रमा मिशन मंगल एउटा त्यस्तो कथा हो, जसले भारतीय दर्शकहरुको गौरवमात्र बढाउँदैन, उनीहरुलाई देशप्रेमले ओतप्रोत बनाइदिन्छ । जहाँ प्रेम हुन्छ, त्यहाँ साना-तिना गल्तिहरुलाई माफी गरिन्छ । फिल्म समिक्षकहरुले यो फिल्मलाई प्रत्येक भारतीयले हेर्नै पर्ने भनेर टिप्पणी गरिरहेका छन् ।

यस्तो छ बटाला हाउस

अभिनेता जोन अब्राहम जहिलेदेखि निर्माता बनेका छन्, आफ्नो निर्माणमा बन्ने फिल्महरुको विषयहरुलाई लिएर सधैं आश्चर्यजनक कार्य गर्दै आइरहेका छन् । वीर्यदानको विषयमा बनेको विकी डोनर होस् अथवा राजीव गान्धी हत्याकाण्डमा आधारित मद्रास क्याफे होस्, निर्माताको रुपमा जोन अब्राहमलाई बहुआयामीक विषयले लोभ्याउँदै आएका छन् । यसैबीच, उनी पुनः एक पटक त्यस्तै प्रकारको फिल्म लिएर दर्शकमाझ आएका छन्, फिल्मको नाम हो बाटला हाउस ।

दिल्लीमा भएको बम ब्लास्टपछि दिल्ली पुलिसले आरोपीहरुलाई खोजिरहेको थियो । त्यसैक्रममा दिल्ली पुलिसले के कुराको जानकारी पाउँछ भने आरोपीहरु जामिया नगर इलाकाको बाटला हाउसमा लुकेर बसेका छन् ।

उनीहरुलाई गिराफ्तार गर्न सम्भव नभएपछि प्रहरीले त्यहाँ इन्काउन्टर गर्नु पर्छ । उक्त इन्काउन्रलाई लिएर समुदायका प्रभावशाली व्यक्तिहरुमा आक्रोश फैलिन्छ । उक्त घटनालाई राजनीतिकरण समेत गरिन्छ । प्रहरीको स्पेशल सेलमाथि परको दवावका कारण मुद्दा समेत चल्छ ।

सञ्चार माध्यमको दवाव, जनताको दवाव, राजनीतिक उतार-चढावका बीच उक्त इन्काउन्टरलाई निदोर्षहरुको हत्या गरिएको पनि भनिन्छ । आफ्नो बहादुरीका लागि देशभरीबाट सबैभन्दा बढि मेडल पाउने प्रहरी अधिकृत संजीवकुमार यादवलाई अचानक हत्याराको संज्ञा प्रदान गरिन्छ । त्यस्तो परिस्थितीमा कसरी दिल्ली पुलिसको स्पेशल सेलले आफूलाई निर्दोषमात्र सावित गर्दैन, साथै विद्यार्थीहरुको भेषमा लुकेका इन्डियन मुजाहिदका ती आउटफिटहरुलाई समेत पर्दाफाश गर्न सफल हुन्छन् ।

फिल्मका निर्देशक निखिल आडवाणीले जसरी उक्त जटिल कथालाई फिल्मको रुप प्रदान गरेका छन्, उनी वास्तवमै प्रसंशाको हकदार बनेका छन् । सशक्त तथा बुद्धिमत्ताले भरिएको पटकथा, दह्रो कथा तथा लगातार दर्शकलाई व्यस्त राख्ने ट्रीटमेन्टले फिल्मलाई एउटा छुट्टै उचाइ प्रदान गरेको छ ।

अभिनयको दृष्टिकोणले हेर्ने हो भने संजीवको चरित्रमा अभिनय गरेका अभिनेता जोन अब्राहमका यो अहिलेसम्मको सबैभन्दा उत्कृष्ट फिल्म मान्न सकिन्छ । नन्दिता यादव (मृणाल ठाकुर), जसले लभ सोनिया जस्तो उत्कृष्ट फिल्ममा काम गरिसकेकी छिन्, उनले पनि यो फिल्ममा उत्कृष्ट प्रस्तुती दिएकी छिन् ।

यसबाहेक राजेश शर्मा, मनीष चौधरीको अनुभवी उपस्थितीले फिल्मलाई अझ सशक्त बनाएको छ ।

थुप्रै सुपरहिट आईटम नम्बरमा डान्स गरिसकेकी नोरा फतेहीलाई बलिउडमा अभिनेत्रीको रुपमा पनि हेर्न थालिएको छ ।

समग्रमा बाटला हाउस एउटा उत्कृष्ट फिल्म बन्न सफल भएको छ । एउटा जटिल विषयमा बनेको यो फिल्मले दर्शकको मन जित्न सक्ने कुरामा दुईमत छैन । विषयवस्तुको जटिलताका बीच पनि के कुरालाई  ध्यानमा राखिएको छ भने फिल्म हेर्ने दर्शकको ध्यान एक क्षणको लागि पनि यता-उता नजाओस् । यो कुरामा पनि बाटला हाउस पूर्ण रुपले सफल देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment