Comments Add Comment

तपाईं पनि दबाव दिने अभिभावक पो पर्नुभयो कि ?

बालबालिकालाई आफ्ना आमा-बुबाले जस्तो मायाप्रेम अरु कसैले गर्न सक्दैन । तर यही माया-पे्रम गर्ने क्रममा कुनै पनि कुराको लागि दवाव दिनु भनेको गलत कुरा हो । के तपाईं पनि त्यस्ता अभिभावकहरुमा पर्नु हुन्छ, जसले आफ्ना बच्चालाई अनावश्यक दवाव दिने गर्छन् ।

त्यस्ता अभिभावक, जसले आफ्ना बच्चालाई अनावश्यक दवाव दिएर उनीहरुको बाल्यपन बिगार्ने मात्र होइन, उनीहरुको भविष्यमा आउन  सक्ने धेरै प्रकारका समस्याको बीजारोपण पनि गर्छन् ।

सधै कमी-कमजोरी निकाल्नु

बालबालिकालाई सधै उनीहरुको गल्तिका बारेमा सम्झाइरहँदा उनीहरुमा एक प्रकारको दवाव पर्छ । यदि तपाईंको छोराले कुनै विषयको परिक्षाको नतिजामा २० मा १८ ल्याएर गर्वका साथ तपाईंलाई देखाउँछ अथवा सुनाउँछ ।

तर, तपाईं उसलाई स्याबास् दिनुको साटो २० मा २० किन आएन भनेर प्रश्न गर्नु हुन्छ भन्ने उसले कस्तो अनुभव गर्छ होला ? तपाई उसलाई अझ राम्रो गर त भन्नु हुन्छ तर उसले गरेका राम्रो कामको प्रशंसा गर्नु हुन्न ।

आफ्नो गतिविधिहरुमा बच्चाको सहभागिता

प्रायःजसो अभिभावकहरु आफ्ना बच्चाहरुलाई आफ्ना अनेक गतिविधिहरुमा सहभागी गराउँछन् । कहिलेकाहि त बच्चाको रुची नहुँदा-नहुँदै पनि उसले तपाईका गतिविधिमा सहभागी हुनु पर्ने बाध्यता नै हुन्छ ।

यदि तपाइर्ं कुनै कुरा सिक्ने गतिविधिमा सहभागी हुनु हुन्छ र आफ्ना बच्चालाई पनि सहभागी गराउँदै हुनु हुन्छ भने उनीहरुको यसप्रति रुचि छ छैन बुझ्नु आवश्यक छ । यदि रुचि छैन भने बच्चालाई जवर्जस्ती सिकाउनु हुँदैन ।

सबै निर्णय आफै लिनु

तपाइर्ं घरको ठुलो व्यक्ति भएका कारण सबै निर्णय तपाई स्वयं लिने अधिकार तपाईंलाई छ । तर आफुले लिएको निर्णयले आफ्ना बच्चाहरुलाई कुनै गुनासो छ कि त्यो पनि बुझ्नु आवश्यक छ । यदि तपाईंको बच्चा क्रिकेट खेल्न चाहान्छ र तपाई उसलाई टेनिस खेल्न दवाव दिनु हुन्छ भने तपाईको यो दवावले उ भित्र भित्रै निस्सासिएको अनुभव गर्न थाल्छ ।

दबाव दिने कुरा

तपाई आफ्ना बच्चालाई दवाव दिने कुरा गर्नु हुन्छ ? क्रिकेट म्याचमा यदि तिमीले धेरै रन ल्याएनौ भने कोचले तिमीलाई अर्को म्याचमा राख्दैन ? साधारण हिसाव त गर्न सकेनौ, गाह्रो झन कसरी गर्छौ ? जस्ता कुराहरुले तपाईको बच्चालाई कुनै पनि कुराको लागि एक मात्र मौका छ भन्ने अनुभव गराउनु हो । जुन गलत हो ।

तपाईंले आफ्ना बच्चालाई कुनै कुरामा पछि परे अथवा गर्न सकेनन् भने चिन्ता नगर, जीवनमा अगाडि बढ्न अरु पनि धेरै मौकाहरु आउँछन् भनेर सम्झाउनु पर्छ ।

अरुसंग तुलना

आफ्ना बच्चालाई अरुसँग तुलना गरेर तपाईं आफ्नो बच्चाको उपलब्धिहरुलाई कम महत्व दिँदै हुनुहुन्छ र उनीहरुमा प्रतियोगिताको भावना उत्पन्न गराउँदै हुनुहुन्छ ।

सधैं रिसाइरहनु

तपाई आफ्नो बच्चा आफुले भने जस्तो भएन भनेर सधैं उसँग रिसाइरहने गर्नु हुन्छ ? यदि गर्नु हुन्छ भने तपाइले आफ्नो बच्चालाई अति धेरै दवाव दिइरहनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment