+

चेल्सी दोस्रो स्थानमा, सिटी र लिभरपुल पराजित

२०८२ मंसिर  ७ गते ८:३६ २०८२ मंसिर ७ गते ८:३६
चेल्सी दोस्रो स्थानमा, सिटी र लिभरपुल पराजित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चेल्सीले बर्नलीलाई २-० ले पराजित गर्दै प्रिमियर लिगको दोस्रो स्थानमा उक्लेको छ।
  • म्यानचेष्टर सिटी न्युकासल युनाइटेडसँग २-१ ले पराजित भएर दोस्रो स्थानमा फर्कन सकेन।
  • लिभरपुल नटिङहम फरेस्टसँग ३-० ले पराजित भई ११औं स्थानमा छ।

७ मंसिर, काठमाडौं । चेल्सी प्रिमियर लिगको दोस्रो स्थानमा उक्लँदा दुई ठूला क्लब म्यानचेष्टर सिटी र लिभरपुल भने पराजित भएका छन् ।

शनिबार चाँडै भएको खेलमा बर्नलीलाई २-० ले पराजित गर्दै चेल्सी दोस्रो स्थानमा उक्लेको हो ।

बर्नलीको मैदानमा भएको खेलमा चेल्सीका लागि पेड्रो नेटोले ३७औं र एन्जो फर्नान्डेजले ८८औं मिनेटमा गोल गरे ।

जितपछि चेल्सी १२ खेलबाट २३ अंक जोडेर दोस्रो स्थानमा उक्लेको हो । एक खेल कम खेलेको आर्सनल २६ अंकसहित शीर्ष स्थानमा छ ।

म्यानचेष्टर सिटीलाई चेल्सीलाई पछि पार्दै दोस्रो स्थानमा फर्कने अवसर थियो । तर न्युक्यासल युनाइटेडसँग २-१ ले पराजित भएपछि सिटीले त्यो मौका गुमायो ।

न्यूकासललाई जित दिलाउन हार्भे बार्न्सले दुई गोल गरे । बार्नले ६३औं मिनेटमा गोल गर्दै न्युकासललाई अग्रता दिलाएका थिए । सिटीका लागि रुबेन डियाजले ६८औं मिनेटमा बराबरी गोल फर्काएका थिए । तर बार्न्सले ७०औं मिनेटमा व्यक्तिगत गोल दोस्रो गोल गर्दै न्यूकासललाई २-१ को अग्रता दिलाएका थिए । त्यही गोल निर्णायक बन्दा न्यूकासलले ३ अंक जोड्न सफल भयो ।

जितपछि न्यूकासल १२ खेलबाट १५ अंक जोडेर १४औं स्थानमा उक्लेको छ । पराजित सिटी २२ अंकसहित तेस्रो स्थानमा छ ।

यस्तै लिभरपुलको खराब लय कायम रहँदा नटिङहम फरेस्टसँग ३-० ले पराजित भएको छ । घरेलु मैदान एनफिल्डमै लिभरपुलले लज्जादपद हार व्यहोरेको छ । सुरुवाती ६ खेलमा लगातार जित हात पार्दै उत्कृष्ट सुरुवात गरेको लिभरपुल त्यसपछि लिगमा लगातार ६ खेलमा पराजित भएको हो ।

नटिङहमका लागि मुरिलो, निकोलो साभोना र मोर्गन गिब्स ह्वाइटले एक-एक गोल गरे ।

लिभरपुल १२ खेलबाट १८ अंकसहित ११औं स्थानमा छ ।

 

चेल्सी प्रिमियर लिग म्यानचेष्टर सिटी लिभरपुल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय