+
+

करेन्ट लागेर चितवनमा १ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १ गते ८:४०

१ भदौ, चितवन । भरतपुर महानगरपालिका–११, अमनचोकमा शनिबार साँझ करेन्ट लागेर १ जनाको ज्यान गएको छ ।

पर्सा पोखरीया नगरपालिका–३ स्थायी घर भएका ३१ वर्षीय अनरजित मुखियाको करेन्ट लागेर ज्यान गएको हाे ।

प्रहरीका अनुसार पानी तान्ने मोटरबाट चुहिएको करेन्ट लागेर मुखिया घाइते भएका थिए । घाइते उनलाई भरतपुर अस्पताल लगिएकोमा त्यही उपचारका क्रममा मृत्यु भएको हो ।

उनी भरतपुरमा मजदुरी गर्दै आइरहेका थिए । मुखियाको शव परीक्षणका लागि अहिले भरतपुर अस्पतालमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?