Comments Add Comment

‘लप्पन छप्पन २’का कलाकार यूरोपबाट छायांकन नै नगरी फर्किए

नेपालमा केही दृश्यको छायांकन गरेर यूरोप पुगेको चलचित्र ‘लप्पन छप्पन २’को टोली छायांकन नै नगरी नेपाल फर्किएको छ । विशेषगरि, निर्देशक र निर्माताविच समन्वय नहुँदा करिब डेढ दर्जन टोलीले २ साता यूरोपमा रहेर पनि कुनै दृश्यको छायांकन नै गरेनन् ।

चलचित्रको छायांकन यूरोप र अष्ट्रेलियामा गर्ने बताइएको थियो । पहिले यूरोपमा छायांकन सकेर अष्ट्रेलिया जाने योजनामा कलाकार यूरोप पुगेका थिए । तर, नेपालमा रहेका निर्देशक मुकुन्द भट्ट र यूरोपमा रहेका निर्माताहरु देवु श्रेष्ठ र चिजकुमार श्रेष्ठविच समन्वय नहुँदा समस्या भएको हो । निर्देशकले यूरोपमा निर्मातासँग समन्वय नै नगरी कलाकार लिएर यूरोप पुग्दा समस्या उत्पन्न भएको हो ।

चलचित्र छायांकनका लागि कलाकारहरु दयाहाङ राई, सौगात मल्ल, अर्पण थापा, अनुप विक्रम शाही, सुरविना कार्की, नम्रता श्रेष्ठ लगायतको टोली यूरोप पुगेको थियो । नेपालबाट क्यामेरा नलगिएका कारण पनि छायांकनमा समस्या आएको हो । नेपालबाट क्यामेरा नलगिएपछि छायांकार पुरुषोत्तम प्रधान पनि यूरोप गएनन् । उतै, क्यामेराको व्यवस्था गर्ने सोच लिएर टिम यूरोप पुगेपनि बेल्जियममा त्यो व्यवस्था हुन सकेन ।

बेल्जियममै अर्को क्यामेराले केही मोन्टाजहरु खिचिएको वुझिएको छ । सामाजिक संजाल फेसबुकमा पनि कलाकारले घुमफिर गरेका तस्वीरहरु मात्र राखेको देख्न सकिन्थ्यो । अब, स्थानिय निर्माताले अष्ट्रेलियामा छायांकन सकेर मात्र यूरोपमा छायांकन गर्ने शर्त अगाडि सारेका छन् । यो चलचित्रको प्रदर्शन मिति फागूण ९ गतेलाई तोकिएको छ ।

तर, १७ जनाको टिमलाई यूरोपमा करिब २ साता राखेर कुनै काम नहुँदा स्थानिय निर्माता मर्कामा परेका छन् । पछिल्लो समयमा नेपाली चलचित्रलाई विदेशी भूमिमा खिच्दा ठूलै उथलपुथल हुने सोच हाबी हुँदा यस्ता समस्या आउन थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment