
१ भदौ, काठमाडौं । स्वाथ्य क्षेत्रमा सेवा सुदृढीकरण गर्न प्रयोग भइरहेको सफ्टवयेर ‘मेडिफ्लो’ ले यसबर्षको आइसीटी अवार्ड प्राप्त गरेको छ ।
सूचना प्रबिधि क्षेत्रमा क्रियाशिल प्रडक्ट तथा सर्भिसलाई पुरस्कृत गर्दै आइरहेको आइसीटी अवार्डको शनिवार काठमाण्डौमा सम्पन्न चौथो संस्करणमा मेडिफ्लो प्रडक्ट बिधाको बिजेता वन्न सफल भएको हो ।
गत बर्ष पुसबाट बजारमा आएको यो सफ्टवेयर छोटो समयमै २५ भन्दा धेरै स्वास्थ्य संस्थाहरुमा प्रयोग भइसकेको छ । यसले स्वास्थ्य संस्थाहरुको सेवा तथा प्रशासनिक प्रकृयालाई डिजिटलमा लैजाने काम गर्छ ।
यसले बिभिन्न मेडिकल रिपोर्टहरुलाई एकीकृत गरी इलेक्ट्रोनिक मेडिकल रेकर्ड तयार पार्छ भने यस्तो रिपोर्ट प्रयोगकर्ताले एपमार्फत् हेर्न पाउँछन् । मेडिफ्लो सफ्टवेयरमार्फत् हालै सिभिल अस्पतालले नेपालमा पहिलोपटक घरबाटै टिकट काटन सकिने प्रविधि सुरुवात गरेको छ ।
यस प्रबिधिमार्फत् नेपाल सरकारलाई चाहिएको बेला विभिन्न मेडिकलसम्बन्धी डाटासमेत दिन सकिने यसका विकाशकर्ताले जनाएका छन् । यो सफ्टवेयरलाई प्रभु ग्रुपले प्रर्बद्धन गरेको हो ।
प्रतिक्रिया 4