+
+
Shares

सेतीमा डुबेर ४ महिनामा ७ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १ गते २०:०६

१ भदौ, डोटी । आइतवार बिहान सेती नदीमा नुहाउने क्रममा डुवेर एक बालिकाको मृत्यु भएको छ ।

दिपायल सिलगढी नगरपालिका–४ राजपुर घर भएकी आठ बर्षीया करिश्मा नेपालीको बासुधारा भन्ने ठाउँ नजिक नुहाउने क्रममा डुवेर मृत्यु भएको हो । मामाको घर गएकी उनको शव बगेको ठाउँदेखि १ किलोमिटर तल भेटिएको डोटीका प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले जानकारी दिए ।

बैशाखयता सेती नदीले सातजनाको ज्यान लिएको छ । जेठ ३ गते डोटी के आई सिंह गाउँपालिका–५ का ३८ बर्षीय लोकेन्द्रवहादुर रावलको सेती नदीमा डुवेर मृत्यु भएको थियो ।

शिखर नगरपालिका–२ कालागाडमा रहेको धार्मिक स्थल सालमूनिमा पूजा गर्ने क्रममा नुहाउँदै गर्दा नदीमा बेपत्ता भएका उनको शव नौ दिनपछि फेला परेको थियो ।

यस्तै शिखर नगरपालिका–४ कि १६ बर्षीया धर्मा महरा जेठ ५ गते सेती नदीमा नुहाउने क्रममा डुवेर वेपत्ता भइन् । फुपुको घरमा आएकी धर्मा दिपायल सिलगढी नगरपालिका–५ सेती नदीमा वेपत्ता भएकी थिइन् । प्रहरीका अनुसार उनको शव अझै भेटिएको छैन ।

यस्तै आदर्श गाउँपालिका–५ लामिखालका ४५ बर्षीय पुश्कर सिंह सेती नदीमा नुहाउने क्रममा जेठ १३ गते डुवेर वेपत्ता भए । गाउँलेको मलामी आएका सिंह शिखर नगरपालिका–११, गोपघाट नजिकबाट नुहाउँदै गर्दा डुवेर वेपत्ता भएका थिए । उनको शव १३ दिनपछि फेला परेको थियो ।

आदर्श गाउँपालिका–६ गिरीचौकाकीअन्दाजी ३५ बर्षीया बसु अधिकारी असार ६ गते सेतीनदीमा डुविन् । मानसिक स्वास्थ्य समस्याभएकीअधिकारीले सेतीनदीमाहामफालेकीथिईन् । उनको शव फेला परेको छैन ।

शिखर नगरपालिका–१० का अन्दाजी पाँच बर्षीय गोविन्द बलायर असार ६ गते सेती नदीमा डुवे । उनको शव करिब तीन किलोमिटर तल सोही नगरपालिका ८ लडागडा क्षेत्रमा फेला पर्‍यो ।

आदर्श गाउँपालिका–४ का ५२ बर्षीया मनि पार्कीले दिपायल सिलगढी नगरपालिका–८ को नारी दाङमा हाम फालिन । उनको शव पनि फेला परेको छैन ।

सेती नदीमा पानीको वहाव तेजिलो भएकाकारण नुहाउन पस्दा सामान्य लापरवाहीले डुब्ने गरेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी धामीले जानकारी दिए ।

‘सेती नदीको पानी अन्य नदीहरुको तुलनामा बढी चिसो छ’ उनले भने ‘यसले गर्दा पनि अन्य नदीमा पौडी खेलिरहेका व्यक्तिहरु सेती नदीमा छिट्टै डुब्ने गरेका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?