Comments Add Comment

विराज भन्छन्–‘मलाई हिरो बन्दैनस् भनेर धेरैले भन्थे’

नायक विराज भट्टले केही समय अगाडिसम्म ‘एक्सन नायक’को रुपमा चलचित्र क्षेत्रमा आफ्नो स्थान बनाए । उनको एक्सनलाई दर्शकले अत्याधिक मन पराएका थिए । तर, विराजले यो समय सजिलै पाएका भने होइनन् । सुरुवाती दिनमा विराजले टेलिसिरियलबाट आफ्नो अभिनय यात्रा सुरु गरेका थिए । चलचित्रमा सानो रोलमा पनि उनी काम गर्न तयार हुन्थे । तर, लक्ष्य हिरो बन्ने थियो । त्यसैले मिहिनेत गरिरहेका थिए ।

निर्माता–निर्देशकलाई विराजले हिरो बनाइदिन धेरै पटक आग्रह गरेका थिए । तर, उनलाई धेरैले ‘हिरो बन्दैनस्, हिरो बन्न खोज्नु मुर्खता हो’ भनेर फर्काइदिन्थे । आफूलाई हिरो बन्दैनस् भनेर भन्नेहरुलाई नै विराजले मुर्ख देख्थे । पुरानो दिन संझिदै विराज भन्छन्–‘जसले हिरो बन्दैनस् भन्थे, मलाई ती मानिसहरु नै मुर्ख लाग्थे । यती धेरै मिहिनेत गरिसकेपछि त हिरो बनिहाल्छु नी भन्ने आत्मविश्वास म मा थियो ।’

विराजलाई हिरो बन्दैनस् भन्नेहरु पछि विराजको नै पछि लागे । उनलाई आफ्नो चलचित्रको हिरो बनाउन लामै समय कुर्न ती निर्माता तयार भए । विराज भन्छन्–‘जुन बेला उहाँहरुले हिरो बन्दैनस् भन्नु भएको थियो, मलाई ठिकै भन्नुभएको रहेछ भन्ने लाग्छ । पछि सही समय आएपछि उहाँहरु मेरो पछि लाग्नुभयो । मेरो सफलता यही नै थियो ।’

विराज नेपाली चलचित्रमा मात्र होइन, भोजपुरी चलचित्रमा पनि सफल छन् । उनले ५० भन्दा बढी भोजपुरी चलचित्रमा काम गरेका छन् । विराज अहिले आफ्नै निर्देशनमा चलचित्र ‘साङ्लो’ तयार गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment