Comments Add Comment

गोदामचौर बलात्कार घटनाका अभियुक्त उच्च अदालतबाट पनि दोषी ठहर

जिल्ला अदालतकै फैसला सदर

२ भदौ, काठमाडौं । ललितपुरको गोदामचौरमा भएको सामुहिक बलात्कारपछि हत्या प्रयास सम्बन्धी घटनामा उच्च अदालत पाटनले जिल्ला  अदालतकै फैसलालाई सदर गरेको  छ । जिल्ला  अदालतले उक्त घटनाका तीन जना अभियुक्तलाई दश वर्ष जेल सजाय सुनाएको थियो ।

सोमबार पाटन उच्च  अदालतका  न्यायाधीशहरु रमेशबहादुर थापा र यज्ञराज भट्टको इजलासले जिल्ला अदालतकै फैसलालाई सदर गरेको हो । जिल्‍ला अदालतले अभियुक्तहरू रघु सिलवाल, पवन कुवँर र विशालध्वज कार्कीलाई सामूहिक बलात्कारमा १० वर्ष, ज्यान मार्ने उद्योगमा १० वर्ष र चोरीमा ६० दिन जेल सजाय सुनाएको थियो । त्यसविरुद्ध उनीहरुले पाटन उच्च अदालतमा  पुनरावेदन गरे पनि उच्च अदालतले जिल्लाकै आदेशलाई सदर गरेको हो ।

सबैभन्दा बढी सजाय मात्रै हुने भएकाले अभियुक्तहरू १० वर्ष मात्रै जेल बसे पुग्ने कानुनी व्यवस्था छ ।

उनीहरूमाथि २१ वर्षीय गोदामचौर ‘क’ (पीडितको परिवर्तित नाम) लाई २ मंसिर २०७४ मा सामुहिक बलात्कार र मार्ने उद्धेश्यले टाउकोमा ढुंगा प्रहार गरेर बेहोस बनाएका थिए । पीडितको साथमा भएको व्याग, पैसा, गरगहनालगायतका सामग्री पनि अभियुक्तहरूले चोरेर भागेका थिए ।

माइतबाट घर फर्कने क्रममा जबरजस्ती करणीमा परेकी गोदामचौर ‘क’ ३ मंसिर २०७४ विहान बेहोस अवस्थामा तोरीबारीमा फेला परेकी थिइन् । उनको एक सातापछि बल्ल होस् आएको थियो । एक महिनाको निरन्तर उपचारपछि मात्रै बोल्न सक्ने भएकी थिइन् ।

पीडितको टाउकोमा तीस भन्दा बढी टाँका लगाउनु परेको थियो । उनको हात पनि टुक्रा टुक्रा परेको थियो । घटना भएको १६ महिनापछि पनि उनीको उपचार जारी छ । घटनापछि पीडित परिवार विस्थापित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment