Comments Add Comment

योग र सही खानपान नै मेरो तन्दुस्तीको राज- सौम्या टन्डन

भारतीय टेलिभिजनका नियमित दर्शकलाई सौभ्या टन्डनबारे चिनाइरहनु पर्दैन । यद्यपि उनको सन्तुलित र सादा जीवनशैलीबारे जानकारी नहुन सक्छ । सौम्यको जीवनशैली अनुकरणीय छ । उनले सन्तुलित दिनचर्या, सही खानपान, योग, व्यायाम आदिबाट आफुलाई फिट एन्ड फाइन राखेकी छन् ।

सौभ्या एक छोराकी आमासमेत हुन् । आमा भइसकेपछि पनि उनले आफ्नो सौन्दर्य र जवानीलाई कायम राखेकी छिन् । अतः यसमा उनको खानपान र जीवनशैली नै मुख्य कारण भएको सौम्याको भनाइ छ ।

खानपिन

बिहान उठेपछि हामी जे खान्छौं त्यसको प्रभाव शरीर र छालामा पर्छ ।  दिनभरमा ७ देखि ८ गिलास पानी पिउने गर्छिन् । बिहान उठ्नसाथ घिउकुमारी वा अमलाको जुस पिउने गर्छिन् । उनको डाइटमा धेरैजसो हरियो सागसब्जी हुन्छ ।

ब्रेकफास्टमा सौम्य प्रोटिन वा कार्बोहाइड्रेट कम्बिनेशन डाइट लिने गर्छिन् । उनको नास्तामा ओलिभ आयल पनि हुन्छ । उनी मनतातो पानी पिउँछिन् । साथै एउटा स्याउ सेवन गर्छिन् ।

लञ्चभन्दा केही अगाडि उनी फल वा एक गिलास फ्रुट जुस पिउने गर्छिन् । लञ्चमा उनी सब्जी, दुई रोटी, दाल र दही खान रुचाउँछिन् ।

सौम्या भेजिटेरियन हुन् । उनी सामान्य खानपानमा रुची राख्छिन् ।

मध्यान्हको समय उनी फल वा स्प्राउट्स चाट सेवन गर्छिन् । सौम्या काल्सियम, भिटामिन बि १२ र डि ३ सप्लीमेन्टस् पनि प्रयोग गर्छिन् ।

सौम्या रातको खानामा कहिले पनि रोटी सेवन गर्दिनन् । उनी डिनरमा सुपका साथ एक कचौरा सलाद वा दाल लिन रुचाउँछिन् । यसका साथै उनी डिनर पछि केही गुलियो खानेकुरा सेवन गर्छिन् । खासगरी रसगुल्ला ।

सौम्या चिल्लो खानेकुरा सेवन गर्दिनन् । उनी दिनभर फिट, एक्टिभ रहनका लागि दिनभरमा पर्याप्त पानी सेवन गर्छिन् । उनी दिनमा कम्तीमा ८ देखि १० गिलास पानी सेवन गर्छिन् ।

योगबाट सधै फिट

खानपानमा मात्र होइन, सौम्या शारीरिक व्यायाम, योगमा पनि उत्तिकै ध्यान दिने गर्छिन् । उनी हरेक दिन आधा घण्टा योग गर्छिन् । यसका साथै नियमित रुपमा पैदल हिँड्ने गर्छिन् । आफुलाई फिट एन्ड फाइन राख्नका लागि नियमितजसो सूर्य नमस्कार गर्छिन् ।

जिममा वर्कआउट

सौम्या भन्छिन्, उनी योग मात्र गर्दिनन् । जिम पनि गरिरहेकी हुन्छिन् । जब दैनिक जीवन पट्यारलाग्दो हुन्छ तब उनी हार्डकोर वर्कआउट गर्छिन् । यसले आफुलाई प|mेस बनाउने उनको भनाई छ ।

घरेलु सौन्दर्य प्रशासन

सौम्याले बजारमा उपलब्ध सौन्दर्य प्रसाधनलाई महत्व दिने गरेकी छ्रनन् । उनी प्राकृतिक रुपमै आफ्नो छालाको चमक जोगाइराख्नुपर्छ भन्ने चाहन्छिन् । त्यसैले उनी घरेलु सामाग्रीको प्रयोगमा जोड दिने गर्छिन् । उनी नियमित रुपमा घिउकुमारीले अनुहारमा मसाज गर्छिन् । काचो दुधको लेपन आफ्नो अनुहारमा लगाउने गर्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment