Comments Add Comment

ध्यानः जीवनको एक रहस्यमयी खोज

हामी सांसरिक जीवनमा हराइरहेका छौ । जीवनको बोध गर्न नपाई मृत्युको मोडमा पुगिरहेका छौ । सुख र सुविधा खोज्दाखोज्दै हामी आफ्नै जीवनको मूल्य गुमाइरहेका छौ । जीवन के हो ? जीवनको मिठास कस्तो छ ? जीवनको सुगन्ध कस्तो छ ? जीवन कति अद्भूत छ ? हामीले पत्तो पाइरहेका छैनन् ।

जबकी आफ्नै जीवनको शक्ति र सौन्दर्य वोध गर्ने विधी छन् । जीवनभित्र प्रवेश गर्ने विधी छन् । जस्तो कि, ध्यान । मेडिटेशन ।

हाम्रा ऋषिमुनीहरुले ध्यान साधना गरेर जीवनको बोध गर्ने विधी पहिल्याए । ध्यान के हो ? कसरी गर्ने त ? आज हामी यसका अनेकन् अभ्यास गरिरहेका छौ ।

ध्यान के हो ?

ध्यान एक विश्राम हो । यो कुनै विषय, वस्तु वा विचारमा केन्दि्रकरण वा एकाग्रता होइन, बरु आफुले आफैमा विश्राम लिने एक प्रक्रिया हो ।

ध्यान एक क्रिया हो, जसमा व्यक्तिले आफ्नो मनलाई चेतनाको एक विशेष अवस्थामा लाने प्रयास गर्छन् । ध्यानबाट अनेक प्रकारको क्रियाको बोध हुन्छ । यसमा मनलाई शान्त तुल्याउने सरल विधीदेखि आन्तरिक उर्जा वा जीवन शक्तिको निर्माणसम्मका विधीहरु पर्छन् । ध्यानलाई मनप्रतिको जागरण पनि भन्ने गरिएको छ ।

आन्तरिक जगतको यात्रा गर्नु वा मोक्ष पाउनका लागि ध्यान आवश्यक रहेको बताइन्छ । वेद, उपनषिद र गीताका अनुसार ध्यान नै सत्य हो । ध्यानमा सिद्धि पाइसकेपछि व्यक्तिले अनन्त सत्ताको अनुभव गर्छ, यसलाई समाधि भनिन्छ । तमाम गुरु एवं आचार्यले ध्यानको अलग अलग विधी बनाएका छन् । यद्यपी सबैको उदेश्य एकै हो, ईश्वरको अनुभूति ।

ध्यानको पाँच लाभ

शान्ति चित्त

एकाग्रता

स्पष्टता

उत्कृष्ट संवाद

मस्तिष्क एवं शरीरको कायकल्प वा विश्राम

ध्यानको स्वास्थ्य लाभ

ध्यानको कारण शरीरको आन्तरिक प्रक्रियामा विशेष परिवर्तन हुन्छ । शरीरको प्रत्येक कोशिका प्राणतत्व -उर्जा)ले भरिन्छ । शरीरमा प्राणतत्व बढ्नाले प्रशन्नता, शान्ति, उत्साहको संचार हुन्छ ।

यसले केही शारीरिक विकार हटाउँछ । शरीरलाई निरोगी राख्छ ।

ध्यानले रक्तचाप नियन्त्रण गर्छ । तनावजन्य समस्या हटाउँछ । भावदशा वा व्यवहार राम्रो बनाउने सेरोटोनिक हर्मोन उत्पादन गर्छ । प्रतिरक्षा तन्त्रमा सुधार आउँछ । उर्जाको आन्तरिक स्रोतमा उन्नति हुने भएकाले उर्जा स्तरमा वृद्धि हुन्छ ।

मानसिक लाभ

ध्यानले मस्तिष्कलाई पहिलेभन्दा अधिक सुन्दर, नवीन र कोमल बनाउँछ । ध्यानले मस्तिष्कलाई आन्तरिक रुपले स्वच्छ वा पोषण प्रदान गर्छ । जब तपाईं व्यग्र, अस्थिर र भावनात्मक रुपले दुःखी रहनुहुन्छ, ध्यानले तपाईंलाई शान्त तुल्याउँछ ।

ध्यान विधि

ध्यान एकै पटकमा गर्न सकिदैन । यो पटक पटक अभ्यासबाट मात्र संभव छ । ध्यानबाट हुने लाभ अनुभूत गर्नका लागि नियमित अभ्यासको जरुरी पर्छ । ध्यानमा जानका लागि सात्विक जीवनशैली अनिवार्य मानिन्छ ।

प्रतिदिन ध्यानको अभ्यास गरिरहँदा त्यो जीवनशैलीकै एक हिस्सा बन्छ । यसले जीवनलाई बेग्लै ताजगी दिलाउँछ । हामी जीवनको अनन्त गहिराईमा पुग्छौ र जीवनलाई समृद्ध तुल्याउन सक्छौ ।

ओशो

विश्वमा प्रचलित ध्यानमध्ये ओशोले सबैभन्दा सरल विधी बताएका छन् । यसले उनलाई सक्रिय ध्यान भनेका छन्, जुन पाँच चरणमा हुन्छ । यस ध्यान समूह वा एक्लै पनि गर्न सकिन्छ, यद्यपी समूहमा गर्दा बढी प्रभावकारी हुन्छ । ओशोले ध्यानको अन्य विधीको बारेमा पनि बताएका छन् । आरम्भदेखि अघि बढ्ने सिंढीसम्म ।

बुद्ध

वर्तमानमा जुन व्यक्तिले ईश्वरलाई पाउने मार्ग बताए, उनी बुद्ध थिए । बुद्धले अष्टांग योगको माध्यमबाट ध्यान मार्ग बताए । बुद्धले आचरण, व्यवहार र जीवन दर्शनको माध्यामबाट ईश्वरको उपलब्धीको कार्य गरे ।

योगानन्द

परमहंस योगानन्दले ध्यानको जुन विधी विश्वभर प्रचार गरे, त्यो हो क्रिया योग । खासगरी क्रिया योग पद्धतीको आविष्कार एक महान गुरु बाबा जी महाराजले गरेका थिए । यस पद्धतीमा केही चरणपछि ध्यानसम्म पुग्ने अवसर मिल्छ । क्रिया योग पद्धति, तमाम ध्यान पद्धतिको अनौठो संयोग हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment