+
+
Shares

नेकपा बाणगंगा अध्यक्षमाथि लाग्यो ४५ लाख ठगीको आरोप

टोपराज शर्मा टोपराज शर्मा
२०७६ भदौ ३ गते १२:१४

३ भदौ, बुटवल । सरकारी जागिर लगाइदिने प्रलोभन देखाएर सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नगर अध्यक्षले लाखौं असुलेको पीडितहरुले बताएका छन् ।

कपिलवस्तुको बाणगंगा नगरपालिकाका नगर अध्यक्ष विश्व कार्कीले लोकसेवा आयोग पास गराइदिने र नेपाल प्रहरीमा जागिर लगाइदिने भन्दै आफूहरुबाट ४५ लाख ३० हजार रुपैयाँ लिएको भन्दै पीडितले उजुरी दिएका हुन् ।

उनीहरुका अनुसार बाणगंगा–२ घर भएका कार्कीले शिक्षकका लागि ४ लाख ५० हजार, स्वास्थ्य सेवाका लागि ३ लाख र प्रहरी जवानका लागि २ लाख ६० हजार रुपैयाका दरले रकम असुलेका थिए । रकम बुझाएपनि नाम ननिस्किएको र पटकपटक रकम माग्दा फिर्ता नभएको पीडितको दाबी छ ।

उनीहरुले नेकपा जिल्ला कार्यालयमा निवेदन दिँदै रकम फिर्ता दिलाइदिन माग गरेका छ्न ।

नेकपा कपिलवस्तुका अध्यक्ष झविलाल पोखरेलले मंगलबार बिहान उजुरी प्राप्त भएको बताउँदै निवेदकहरुसँग छलफल गरिने र कार्की दोषी देखिए कारवाही हुने बताए ।

 

लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?