Comments Add Comment

सुदूरपश्चिममा सुरु भयो गौरा पर्व

३ भदौ, कैलाली । सुदूरपश्चिम प्रदेशमा गौरा पर्वको रौनक सुरु भएको छ । आज (मंगलबार)बाट यो पर्व सुरु भएको हो ।

पर्वको पूर्वसन्ध्यामा बजारमा चहलपहल सुरु भएको छ । मंगलबार पञ्चमीका दिन महिलाले बिहानै स्नान गरी घरघरमा बिरुडा राख्छन् ।

घरको एक कोठामा गाईको गोबरले लिपेर तामापितलका भाँडाको बाहिरपट्टी पाँच ठाउँमा गाईको गोबर र दुबो लगाई टीका र अक्षताले सिङ्गारेर धुपबत्तीबालेर पञ्चअन्न गहुँ, मास, गहत, गोरस र कलौ भिजाएर राखेर कार्यलाई बिरुडा भनिन्छ ।

गौरा पर्व सुदूरपश्चिम क्षेत्रको महत्वपूर्ण धार्मिक एवं सांस्कृतिक पर्व हो । गौरा पर्व विशेष गरेर डोटी र भारतको कुमाउँमा परापूर्व कालदेखि नै मनाउँदै आएको बताइन्छ ।

गौरा पर्वको पहिलो दिन गौरा पर्व मनाउने समुदायका महिलाहरूले निराहार व्रत बसी आ-आˆनो घरमा तामा वा पित्तलको भाँडोमा ‘बिरुडा’ अर्थात पाँचथरीका गेडागुडी भिजाउने गरिन्छ ।

महादेव वर पाउन देवी पार्वतीले गरेको कठिन तपस्या र व्रतको सम्झना गर्दै सुदूरपश्चिममा पौराणिककालदेखि मनाइँदै आएको पर्वका रुपमा गौरालाई लिइने बैतडी बताइन्छ ।

गौरामा पञ्चमीका दिन महिलाले सामूहिक रुपमा बिरुडा भिजाउने, अर्को दिन परम्परागत कुवाँ र नाउलामा गौरा पुज्ने र अमुक्ताभरण सप्तमीका दिन गौरा भित्र्याउने गरिन्छ ।

पछिल्लो समय गौरापर्व सुदूरपश्चिममा मात्रै नभएर देश बिदेशमा समेत पनि मनाउने प्रचलन रहेको छ । रोजगारीको सिलसिलामा विभिन्न मुलुकमा पुगेका सुदूरपश्चिमेलीहरुले विदेशमा समेत देउडा खेलेर गौरा पर्व मनाउने गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment