Comments Add Comment

प्रियंकालाई यूएनको सद्भाव दूतबाट हटाउन पाकिस्तानको माग

बलिउड अभिनेत्री प्रियंका चोपडाका विरुद्ध पाकिस्तानका मानवाधिकार मन्त्रीले संयूक्त राष्ट्रसंघमा पत्र लेखेका छन् । पत्रमा उनले भारत सरकार तथा सेनामाथि मात्रै गम्भिर आरोप लगाएका छैनन्, अभिनेत्री प्रियंका चोपडालाई त्यसको समर्थक समेत बताएका छन् । त्यसैलाई आधार बनाउँदै उनले संयुक्त राष्ट्र संघसंग प्रियंका लाई सद्भाव दूतबाट हटाउन माग गरेका हुन् ।

पाकिस्तानका मानवाधिकार विभागकी  मन्त्री शिरीन एम.मजारीले संयुक्त राष्ट्र संघमा प्रियंका चोपडालाई सद्भाव दूतको पदबाट हटाउन माग राखेकी हुन् । यस बारेमा लेखिएको पत्रलाई उनले सामाजिक सञ्जालमा समेत शेयर गरिदिएकी छिन् ।

मजारीले आफ्नो पत्रमा पहिला कश्मीरमा आर्टिकल ३७० हटाइएकोमा, मोदी सरकारको नीतिहरु तथा भारतीय सेनामाथि पनि गम्भिर आरोप लगाएकी छिन् । पछि उनले के लेखेकी छिन् भने अभिनेत्री प्रियंका चोपडाले भारतीय सरकार तथा सेनाद्वारा उठाइएको कदमको समर्थन गर्छिन्, त्यसैले उनलाई हटाइनु पर्छ ।

‘….प्रियंका चोपडाले खुलेर कश्मीरका बारेमा भारत सरकारको नीतिहरुको समर्थन गर्छिन् र उनले भारतका रक्षा मन्त्रीद्वारा पाकिस्तानमाथि गरिएको दुई परमाणु आक्रमणको धम्कीलाई पनि समर्थन गरेकी थिइन् । यो सबै संयुक्त राष्ट्र संघको सद्भाव दूतको शान्ति तथा दया-भावको सिद्धान्तको विपरित छ ।’

यति मात्र होइन, मजारीले आफ्नो पत्रमा लेखेकी छिन्-‘यदि प्रियंका चोपडालाई तुरुन्त हटाइएन भने शान्तिका लागि संयुक्त राष्ट्र संघको सद्भाव दूतको सोच नै एउटा मजाक बनिरहने छ ।’

घटनाको पृष्ठभूमि

केही दिनअघि प्रियंका चोपडाको एउटा भिडियो सार्वजनिक भएको थियो, जसमा एउटा कार्यक्रमको क्रममा एक पाकिस्तानी महिला अभिनेत्रीले युद्धलाई बढावा दिएको आरोप लगाइएको थियो । ती महिलाले भनेकी थिइन्-‘तपाईं संयुक्त राष्ट्र संघको सद्भाव दूत हुनुहुन्छ र पाकिस्तानमा आणविक युद्धलाई प्रोत्साहन गरिरहनु भएको छ । एउटी पाकिस्तानी भएका नाताले म जस्ता करोडौं जनताले तपाईंलाई तपाईंको काममा सहयोग गरेका छौं ।’

वास्तवमा ती महिला प्रियंकाको फेब्रअरी २०१९ मा बालाकोट एयर स्ट्राइकपछि गरिएको एक ट्वीटको सन्दर्भमा कुरा गरिरहेकी थिइन्, जसमा प्रियंकाले भारतीय एयरफोर्सको समर्थन गर्दै ट्वीट गर्दै भारतलाई महान् भनेकी थिइन् ।

प्रियंका चोपडाले ती महिलालाई नमिठो जवाफ दिएकी थिइन् । ‘पाकिस्तानाम धेरै जना मेरा साथीहरु छन् र म भारतीय हुँ । युद्ध त्यस्तो चिज होइन, जसको पक्ष्ँमा म छु, तर म देशभक्त चाहिं हुँ । म माफी माग्छु, तर मैले ती मानिसहरुको भावनालाई महसुस गरेकी हुँ, जो मलाई मन पराउँछन् । तर मलाई लाग्छ हामी सबैमा एउटा मध्यमार्ग हुन्छ, जसमा हामी हिंड्नु पर्ने हुन्छ । शायद तपाईंले त्यस्तै गर्नु हुन्छ होला । जसरी तपाईं मसंग आउनु भएको छ, हामी सबै यहाँ प्रेम गर्नका लागि छौं ।’

उक्त घटनापछि पाकिस्तानकी एक अभिनेत्री तथा उनका श्रीमान्ले सामाजिक सञ्जालमा संयुक्त राष्ट्र संघको नाममा खुला पत्र लेखे र उनीहरुले प्रियंका चोपडालाई सद्भाव दूतबाट हटाउन माग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment