
५ भदौ, जनकपुरधाम । प्रदेश-२ का मुख्यमन्त्री लालबाबु राउतले सामाजिक रुपान्तरण नभएसम्म प्रदेशको समृद्धि परिकल्पना गर्न नसकिने बताएका छन् ।
मुख्यमन्त्री राउतले महिलाको सशक्तिकरणबाट मात्रै समाज रुपान्तरण सम्भव रहेको भन्दै महिला सशक्तिकरणकै निम्ति प्रदेश सरकारले ‘बेटी पढऔं, बेटी बचाऔं’ अभियान सुरु गरेको बताए ।
धनुषाको बटेश्वर गाउँपालिकास्थित शिवशक्ति नमूना माविको कक्षा-८ मा अध्ययनरत छात्राहरुलाई बिहीबार साइकल बितरण गर्दै मुख्यमन्त्री राउतले भने, ‘प्रदेशको समृद्धिका लागि समाजिक रुपान्तरण र समाजिक रुपान्तरणका लागि महिला सशक्तिकरणको खाँचो छ ।’
मुख्यमन्त्री राउतले प्रदेश सरकारले छोरी शिक्षा विमा, छोरीलाई साइकल वितरण जस्ता कार्यक्रमहरु महिला सशक्तिकरणकै लागि थालिएको अभियान भएको बताए ।
प्रदेश सरकारले छोरीलाई शिक्षित बनाएर रोजगारीको ग्यारेन्टी समेत गर्ने बताउँदै उनले हरेक छोरीलाई पढ्न दिनुपर्नेमा जोड् दिए ।
कार्यक्रममा प्रदेश सांसद शत्रुद्यन महतो, समाजवादी पार्टीका नेता महाजन यादव, बटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर राउत क्षेत्री सहितकाले महिला सशक्तिकरणमा जोड दिए ।
मुख्यमन्त्री राउतसहितकाले उक्त विद्यालयको कक्षा ८ मा अध्ययनरत ९५ जना छात्राहरुलाई साइकल बितरण गरेका थिए ।
प्रतिक्रिया 4