Comments Add Comment

अस्ट्रेलियाका सिड्नी र मेलबर्नसहितका शहरमा लोडसेडिङ हुने

काठमाडौं । अष्ट्रेलियाका सिड्नी र मेलबर्नसहितका केही शहरमा विद्युत आपूर्तिमा समस्या हुने भएको छ ।

गर्मी मौसम लागेपछि यी शहरहरुमा लोडसेडिङको हुन सक्ने अस्ट्रेलियन इनर्जी मार्केट अपरेटर (एईमो)ले जनाएको छ ।

यदि कोइला र ग्यासबाट ऊर्जा उतपादन गर्ने केन्द्रहरु बेलैमा सञ्चालनमा नआए भिक्टोरिया राज्यमा मात्रै १० हजारभन्दा बढी घरहरुमा विद्युत आपूर्तिमा समस्या हुने एसबीएसले लेखेको छ ।

एईमोले बिहीबार मात्रै सार्वजनिक गरेको एक रिपोर्टका अनुसार समयमै ग्यासबाट ऊर्जा बनाउने २ कारखानाको मर्मत नभए विद्युत आपूर्तिमा गम्भीर असर पर्ने छ ।

भिक्टोरियाको गिप्सल्याण्ड क्षेत्रमा रहेका एजीएलको ५०० मेगावाट क्षमता रहेका लोय याङ्ग-‘ए ‘२ र ओरिजिनको स्वामित्वमा रहेको मोर्टलेकमा रहेको अर्काे २५९ मेगावाट क्षमताको ऊर्जा केन्द्रहरु हाल बन्द छन् ।

एईमोका प्रमुख कार्यकारी औड्री जिबेलम्यानका अनुसार भिक्टोरियाको छिमेकी राज्य न्यू साउथ वेल्स राज्यमा पनि अबका केही वर्षमै गर्मी मौसममा यो समस्या आउनसक्छ ।

उता, ऊर्जा हेर्ने संघीय मन्त्री एङ्गस टेलरले भने भिक्टोरियाको सरकारले राष्ट्रिय ऊर्जा बजारलाई प्रतिकुल प्रभाव पारेको आरोपसमेत लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment