Comments Add Comment

मोरङमा घटेन दुर्घटना, राजस्व बर्षेनी बढ्दै

५ भदौ, विराटनगर । पछिल्लो तीन वर्षमा सवारी दुर्घटनामा परी मोरङ जिल्लामा ३१८ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका तीन वर्षको अवधीमा एक हजार ४ सय २१ हुँदा ३१८ जनाको मृत्यु भएको हो ।

तीन वर्षको सवारी दुर्घटनामा परी दुर्घटनामा दुई हजार पाँचसय ७ जना घाइते भएका छन् । सोही अवधीमा एक लाख ५३ हजार ८३२ सवारी साधानमाथिको कारबाहीबाट ८ करोड ८४ लाख ७६ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको छ ।

तथ्याङ्कअनुसार पछिल्लो तीन वर्षमा सवारी कारवाही र राजस्व संकलन बढ्दो क्रममा छ । तर दुर्घटना न्यूनिकरण भएको छैन ।

सडकको अवस्था र सचेतना अभावका कारण दुर्घटना न्यूनिकरण गर्न कठिन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख शिवकुमार पोखरेल बताउँछन् । ग्रामिण स्तरमा ट्राफिक सचेतना अभियान सञ्चालन गरिएको बताउँदै उनले क्रमिक रुपमा दुर्घटनामा कमी आउने बताए ।

ट्राफिक प्रहरीले गत आर्थिक वर्ष ६५ हजार १ सय ३३ कारवाही गर्दा तीन करोड ८४ लाख ६९ हजार राजश्व सकंलन गरेको थियो । गत वर्ष ४८४ दुर्घटना हुँदा १०५ जनाको मृत्यु भएको थियो भने ८५४ घाइते भएका थिए ।

आर्थिक वर्ष २०७४–७५ मा ५४ हजार ८१६ सवारीसाधन कारवाहीमा गरेको थियो । कारवाहीबाट तीन करोड ४१ हजार रुपैयाँ राजश्व सकंलन भएको थियो । सो अवधीमा ५०३ सवारी दुर्घटना हुँदा १०९ को मृत्यु भएको थियो ।

आर्थिक वर्ष २०७३–७४ मा ३३ हजार ८८३ सवारी साधान कारवाही गर्दा एक करोड ९९ लाख ६६ हजार राजस्व संकलन भएको थियो । एक वर्षको अवधीमा ४३४ दुर्घटना हुँदा १०४ जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment