Comments Add Comment

नेपाल प्रहरीले माग्यो ३८ सय कर्मचारी

६ भदौ, काठमाडौं । नेपाल प्रहरीले नयाँ भर्ना खुल्ला गरेको छ ।

प्रहरी जवान, कार्यालय सहयोगी र खेलाडी पदहरुका लागि नेपाल प्रहरीले शुक्रबार ३ हजार ८ सय ३१ जनाको लागि नयाँ भर्नाका लागि दरखास्त आव्हान गरेको हो ।

खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार प्रहरी जवानमा ३ हजार ५ सय ९६ जना र प्रहरी कार्यालय सहयोगी तथा खेलाडीतर्फ २ सय ३५ जनाका लागि दरखास्त आव्हान भएको छ ।

प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदका लागि राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज, महानगरीय प्रहरी परिसरहरु काठमाडौं, भक्तपुर र ललितपुर, ७ वटै प्रदेश प्रहरी तालिम केन्द्रहरु विराटनगर, जनकपुर (हाल राजविराज सप्तरी), दुधौली सिन्धुली, पोखरा, बुटवल, सुर्खेत (हाल नेपालगंज) र दिपायल तथा ७४ वटै जिल्ला प्रहरी कार्यालयहरुमा दरखास्त फारम पाइने र बुझाउन सकिने छ ।

भदौ ९ गतेदेखि असोज १३ गतेसम्म सम्बन्धित कार्यालयहरुमा दरखास्त फारम लिन तथा बुझाउन सक्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment