Comments Add Comment

केन्द्रीय प्रसारणबाट मैथिली भाषा हटाएको भन्दै संसदमा विरोध

६ भदौ, काठमाडौं । रेडियो नेपालको केन्द्रीय प्रसारणबाट मैथिली भाषाको सामग्री हटाएको भन्दै राष्ट्रियसभाका सांसदले विरोध गरेका छन् । राष्ट्रियसभाको शुक्रबार बसेको बैठकमा बोल्दै सांसद खेमराज नेपालीले मैथिली भाषीहरू विभिन्न प्रदेशमा छरिएर रहेकाले रेडियो नेपालले यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

प्रदेश एकबाट प्रतिनिधित्व गरेका सांसद नेपालीले बैठकमा भने, ‘मैथिली भाषामा समाचार विचार, सूचना प्रवाह किन रोकेको हो ? केन्द्रीय प्रसारणबाट आफ्नो भाषामा सूसूचित हुन पाउने र भावनात्मक सम्बन्ध कायम गर्न पाउनेहरू यो निर्णयबाट निरास भएका छन् ।’

वि.स. २०४९ सालदेखि दैनिक पाँच समाचार र साप्ताहिक एक घण्टा नियमित कार्यक्रम प्रसारण हुँदै आएको थियो ।

मैथिली नेपालीपछि सबैभन्दा बढी बोलिने भाषा हो । राष्ट्रिय जनगणना २०६८ अनुसार ३० लाख ९२ हजार ५३० जनाले मैथिली भाषा बोल्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment