+
+
Shares

भारतीय पूर्वअर्थमन्त्री अरुण जेटलीको निधन

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ ७ गते १३:०९

७ भदौ, काठमाडौं । भारतका पूर्वअर्थमन्त्री अरुण जेटलीको शनिबार दिउँसो निधन भएको छ । शनिबार दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा जेटलीको निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

भारतीय लोकसभाका सांसाद समेत रहेका जेटली १५ दिन अघि एम्स अस्पतालमा भर्ना भएका थिए । उनी श्वास-प्रश्वास सम्बन्धी समस्याबाट पीडित थिए ।

६६ वर्षीय पूर्वअर्थमन्त्री जेटली भाजापाका दिग्वज नेतामध्ये एक हुन् । भारतीय प्रधानमन्त्री मोदीले आफ्नो दोस्रो कार्यकालमा पनि जेटलीलाई सरकारको जिम्मेवारी दिने तयारी गरेका थिए ।

तर, उनले स्वास्थ्य अवस्था कमजोर भएको भन्दै कुनै जिम्मेवारी नलिने बताएका थिए ।

अस्पतालमा रहँदा जेटलीलाई भेट्न प्रधानमन्त्री मोदीसमेत गएका थिए ।

पछिल्लो समय भाजपाले दुई ठूला नेता गुमाएको छ । अघिल्लो महिनामात्रै पूर्वविदेशमन्त्री सुष्मा स्वराजको निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?