Comments Add Comment

बेलले आफूलाई ‘महान खेलाडी’ सावित गर्नुपर्छः जिदान

७ भदौ, काठमाडौं । वेल्सका फवार्ड ग्यारेथ यो सिजन बेल रियल मडि्रडमा रहने भएका छन् तर, उनले आफूलाई ‘महान खेलाडी’ भएको प्रमाणित गर्नुपर्ने रियल मडि्रडका प्रशिक्षक जिनेदान जिदानले बताए ।

बेलले यो सिजन नै रियल छाड्न लागेका थिए । तर अन्तिम समयमा क्लबले चीन जान रोकेको छ ।

ला लिगाको पहिलो खेलमा रियलले सेल्टा भिगोसँग खेल्दा उनी अप्रत्यासित रुपमा प्लेइङ ११ मा परेका थिए । ‘उनी अब क्लबमा रहनेछन्’ प्रशिक्षक जिदानले भने ।

सेल्टा भिगोमाथि ३-१ को जित निकाल्दा बेलले गरेको प्रदर्शनबाट आफू प्रभावित भएको उनले बताए । ‘महत्वपूर्ण कुरा उनी बस्न चाहन्छन्,’ उनले भने, ‘यो सत्य हो कि उनको बारेमा धेरै भनियो, मैले पनि । तर अब उनी क्लबमा बस्छन् ।’

‘उनी महान खेलाडी हुन्, जुन यसअघि देखाइसकेका छन् र अब पनि उनले त्यो देखाउनुपर्छ ।’

बेल २०१३ मा त्यसबेलाकेा कीर्तिमान मूल्य ८५ मिलियन पाउण्डमा टोटनहृयामबाट रियल मडि्रड गएका थिए । क्लबसँग उनको सम्झौता तीन वर्ष बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment