+
+

बाघको आक्रमणबाट बर्दियामा वृद्धको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ ८ गते १०:४९

८ भदौ, बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिकाका एक वृद्धको पाटेबाघको आक्रमणबाट मृत्यु भएको छ ।

ठाकुरबाबा नगरपालिकाका–१, भुरीगाँउ बस्ने ७० वर्षीय पहाडिया थारूको आइतबार बिहान ७ः३० बजे बाघको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको हो ।

बंगुरलाई दाना हाल्दै गर्दाको समयमा थारूलाई एक्कासि पाटेबाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिए ।

बर्दियामा केही दिनयता बाघ बढेसँगै वन तथा निकुञ्जबाट बाहिर निस्केर आक्रमण गर्ने क्रम बढेको स्थानीय बासिन्दाको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?