Comments Add Comment

‘कृ’को ट्रेन्डिङ कब्जा

२ बर्ष अगाडि रिलिज भएको नायक अनमोल केसी अभिनित चलचित्र ‘कृ’ युटुबमा रिलिज भएको १० दिन भयो । तर, यो चलचित्रले एक सातादेखि निरन्तर युटुबको ट्रेन्डिङको १ नम्बरमा कब्जा गरिरहेको छ । युटुबको ट्रेन्डिङ चेक गर्दा अधिकांश भिडियो संचारकर्मी रवि लामिछानेमाथि केन्द्रित रहेका छन् । तर, यो चलचित्र युटुबमा रिलिज हुँदा १ नम्बर ट्रेन्डिङमा रहेको चलचित्र ‘ऐश्वर्य’ धेरै पछि परिसकेको छ ।

युटुबमा १० दिनमा ५३ लाख भन्दा बढी भ्यूज पाएको चलचित्रलाई ८२ हजार भन्दा बढी लाइक र १० हजार भन्दा बढी प्रतिक्रिया मिलेको छ । सुरेन्द्र पौडेल निर्देशित यो चलचित्रलाई सुवास गिरीले निर्देशन गरेका हुन् । चलचित्रमा अनमोल केसी, अदिती वुढाथोकी, सरोज खनाल, अनुप विक्रम शाही लगायतका कलाकारको मुख्य भूमिका छ ।

चलचित्रले १ नम्बरमा एक सातादेखि पकड जमाउनुमा दर्शकको प्रतिक्षा, अनमोलको क्रेजलाई मान्न सकिन्छ । बक्स अफिसमा भने यो चलचित्रले औषत कारोबार गरेको थियो । तर, महंगो लगानी भएको यो चलचित्रले हरेक माध्यमबाट लगानी उठाएको दाबी निर्माणपक्षले गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment