Comments Add Comment

नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै महंगो

८ भदौ, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ईतिहासकै उच्च बिन्दुमा पुगेको छ । दुवै प्रकारका सुनको मूल्यमा आईतबार प्रतितोला १२ सय रुपैयाँले बढोत्तरी भएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघले आईतबारका लागि छापावाल सुनको प्रतितोला मूल्य ७२ हजार ५ सय र तेजाबी सुनको प्रतितोला मूल्य ७२ हजार २ सय तोकेको छ । गत शुक्रबार ७१ हजार तीन सयमा छापावाल र ७१ हजार प्रतितोलामा तेजावी सुनको कारोबार भएको थियो ।

आइतबार सुनसँगै चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले बढेर ८५० कायम भएको छ । अन्तराष्ट्रिय बजारमा सुनको भाउमा आएको बढोत्तरीको असर नेपाली बजारमा देखिएको नेपाल सुनचाँदी व्यवसायी संघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए ।

अमेरिका इरानबीचकेा बढ्दो तनाव तथा अमेरिका चीन व्यवपार युद्धको असर अन्तराष्ट्रिय सेयर बजारमा परेको र सुनको मूल्य पनि प्रभावित भएको बज्राचार्य बताउँछन् ।

अमेरिकी केन्द्रीय बैंकले ०.३ प्रतिशतले ब्याजदर घटाए पछिको असर सुनको मूल्यमा परेको हो । विश्व राजनीतिमा देखिएको असमझदारी कायम रहेसम्म सुनको बजार प्रभावित भईरहन सक्ने बज्रचार्य बताउँछन् ।

मूल्य आकासिएपछि पुराना सुन बिक्री गर्ने ग्राहक बढेका छन् भने नयाँ सुन किन्न आउने ग्राहक नै नभएको व्यवसयीहरुको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment