Comments Add Comment

फेसबुकमार्फत सीडीओलाई गाली गर्ने युवक पक्राउ

८ भदौ, वीरगञ्ज । पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई सामाजिक सञ्जाललार्फत गाली गलौज गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । बाराको सिम्रौनगढ नगरपालिका वडा नं ७ खजानी घर भएका २५ बर्षका सन्नीकुमार गुप्तालाई पक्राउ गरिएको हो ।

उनी कंकाली अटो ट्रेडर्सका सञ्चालक हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत पर्साका प्रमुख जिल्ला अधिकारी भट्टराईलाई गाली गलौज गरेकोले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । उनलाई हिरासतमा राखेर प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment