Comments Add Comment

साइन रेसुङ्गा बैंकद्वारा तम्घासमा सीसीटीभी जडान गर्न आर्थिक सहयोग

८ भदौ, गुल्मी । गुल्मीको सदरमुकाम तम्घास बजारमा सीसीटीभी क्यामेरा जडान गर्न साइन रेसुङ्गा बैंकले आइतबार आर्थिक सहयोग गरेको छ ।

 

बैंकका शाखा प्रमुख दिवस श्रेष्ठले सीसीटीभी क्यामेरा जडानका लागि प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेललाई २५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।

 

सामाजिक उत्तर दायित्वलाई विशेष प्राथमिकतामा राखेर सीसीटीभी क्यामेरा जडानका लागि आर्थिक सहयोग गरेको श्रेष्ठले बताए ।

 

बजारका अति संवेदनसिल स्थानमा सीसीटीभी क्यामेरा जडान गर्न जिल्ला सदरमुकाम तम्घासमा रहेको बैंक तथा विभिन्न संघ संस्थाहरुले आर्थिक सहयोग गर्दै आइरहेका छन् ।

 

अपराध नियन्त्रण र शान्ति सुरक्षा मजबुत पार्न सीसीटीभी जडानले सघाउने भन्दै प्रजिअ पौडेलले यसका लागि सबै पक्षको सहयोग आवश्यक रहेको बताए ।

 

बजारका केहि स्थानमा सीसीटीभी क्यामेरा जडानको सुरुवात भइसकेको र आर्थिक रकम संकलनपछि बजारका अन्य स्थानहरुमा पनि जडान गरिने जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेयले बताए ।

 

सीसीटीभी जडानका लागि तम्घासमा रहेका ४५ वटा संघ संस्थाले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

 

हालसम्म ४ वटा संस्थाले आर्थिक सहयोग गरिसकेको पाण्डेयले बताए । बैंकहरुले २५ हजार रुपैयाँका दरले र अन्य संघसंस्थाले संस्थाले पनि आर्थिक अवस्था हेरेर सहयोग गर्ने प्रतिबद्धता जनाएको उनले बताए ।

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment