Comments Add Comment

चोरीको आरोपमा एकै दिन ८४ जना पक्राउ

८ भदौ, विराटनगर । राधाकृष्ण रथयात्राको क्रममा चोरी तथा लुटपाट गरेको आरोपमा प्रहरीले विराटनगरबाट ८४ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्ने मध्ये १२ जना भारतीय नागरिक समेत छन् । विराटनगर महानगरपालिकाको तिनपैनी पानी ट्यांकीस्थित राधाकृष्ण मन्दिरबाट रथयात्रा निकालिएको थियो ।

रथयात्रीहरुको बहुमल्य सुन, चाँदी लगायतका गरगहना, नगद तथा पर्स चोरी गरेको आशंकामा प्रहरीले ८४ जनालाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट सुनको सिक्री ३ थान, २० थान मोबाइल लगायत बरामद भएको छ । प्रारम्भीक अनुसन्धानपछि ७ जनालाई आफन्तको जिम्मामा छाडिएको थियो ।

थप ५७ जनालाई आइतबार छाडिएको छ भने १९ जनालाई चोरी गर्ने उद्योग र अभद्र व्यवहारको मुद्दामा म्याद थप गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment