+
+
Shares

ग्लोबल बैंकबाट साना तथा मझौला व्यवसायी कर्जा लिन तीन दिनभन्दा बढी नलाग्ने

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ ८ गते १७:४०

८ भदौ, काठमाडौं ।  ग्लोबल आइएमई बैंकले साना तथा मझौला व्यवसायमा लगानी गर्न चाहने तथा लगानी गरिरहेका व्यवसायीलाई मध्यनजर गर्दै साना तथा मझौला व्यवसायी कर्जा (एसएमई लोन) ३ दिन भित्र उपलब्ध गराउने भएको छ।

कर्जा लिनका लागि धेरै समय लागिरहेको सन्दर्भमा ग्राहकलाई छिटो छरितोरुपमा सेवा दिई साना तथा मझौला उद्यमी व्यवसायीहरुलाई हौसला र साथ प्रदान गर्दै उत्पादनशिलतामा बृद्धि गर्ने उद्देश्यका साथ बैंकले कर्जा लिने समयाबधि घटाएको हो।

अव उक्त कर्जा लिन चाहनेले आवश्यक कागजातहरु बैंकमा पेश गरेको ३ दिन भित्रमा नै कर्जा प्राप्त गर्न सक्ने बैंकको दावी छ। यो कर्जा सुबिधा नेपाल भरी फैलिएका ग्लोबल आइएमई बैंकका ११२ वटा शाखाहरु मार्फत छिटो छरितो रुपमा उपभोग गर्न सकिनेछ।

यस सेवा अन्तर्गत आफ्नो ब्यवसाय विस्तार गर्ने उद्देश्य लिएका साना ब्यसायीहरुलाई विद्यमान व्यवसाय वा प्रस्तावित साना उद्योग व्यवसायको नगद प्रवाहको आधारमा ५ लाख देखि ५ करोड सम्म ऋण उपलब्ध गराइने बैंकले जनाएको छ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?