+
+

पत्रकार महासंघका अध्यक्षले भने-पत्रकारलाई हामी सम्हाल्छौं, नागरिकलाई कस्ले सम्हाल्ने !

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ ८ गते १८:४९

८ भदौ, विराटनगर । नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोबिन्द आचार्यले सामाजिक सञ्जालमा विकृति बढेकाले पत्रकारका लागि आचारसंहिता जारी गर्न लागिएको बताएका छन् ।

नेपाल पत्रकार महासंघ मोरङले आइतबार आयोजना गरेको ‘नागरिक दृष्टीकोणमा मिडिया पृष्ठपोषण’ कार्यक्रममा अध्यक्ष आचार्यले सामाजिक सञ्जालमा आएका विषयलाई पनि मिडियासँग जोड्ने गरेकाले महासंघले आफ्ना सदस्यलाई नियमन गरेपनि नागरिकको जिम्मा कस्ले लिने भनेर प्रतिप्रश्न गरेका थिए ।

‘सामाजिक सञ्जालमा पत्रकार महासंघका सदस्यले के गर्ने के नगर्ने हामी त्यहाँ पनि आचारसंहिता बनाउँछौं ।’ अध्यक्ष आचार्यले भने, ‘पत्रकारले गल्ती गरेको भए हामी समाउन सकुँला, तर नागरिकलाई हामी पत्रकार महासंघले नियमन गर्ने होइन । एउटा सामाजिक सञ्जालमा आएको धारणलाई हेरेर यो पत्रकारले गरेको भनेर धारण नबनाइदिनुहोस ।’

सामाजिक सञ्जालमा मनपरी भइरहेको बताउँदै उनले यो विषयमा समाज प्रष्ट हुनुपर्ने बताए । ‘समाजिक सञ्जाल अभिव्यक्ती स्वतन्त्रताको एउटा माध्यम हो ।’ उनले भने, ‘तर स्वतन्त्रता भनेर जे पनि गर्न पाउने स्वतन्त्रता हामीलाई छैन् ।’

अभिव्यक्ति स्वतन्त्रता जारी गर्दा सीमाभित्र रहनुपर्ने उनको भनाइ छ । सामाजिक सञ्जालमा खुकुरी लिएर काट्छु भन्नेलाई कारवाही हुनुपर्ने बताउँदै उनले समाजलाई के गर्दा सदुपयोग हुन्छ, के गर्दा दुरुपयोग हुन्छ, भनेर पत्रकारले नै शिक्षा दिनुपर्ने बेला आएको बताए ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?