Comments Add Comment

घरभित्र सञ्चालित पेट्रोल पम्पमाथि छानविन सुरु

८ भदौ, काठमाडौं । बालाजु चोकमा घरभित्र सञ्चालित पेट्रोल पम्प बन्द गर्न नेपाल आयल निगमले प्रक्रिया अघि बढाएको जनाएको छ । कोतः धुक आयल स्टोर ६ वर्षदेखि मापदण्ड बिपरित सञ्चालनमा रहेको समाचार अनलाईनखबरले प्रकाशित गरेपछि अनुगमनका लागि समिति गठन गरेको निगमका निर्देशक एवं प्रवक्ता बीरेन्द्र गोईतले जानकारी दिए ।

‘राजधानी जस्तो ठाउँमा घरभित्रै पेट्रोलपम्प सञ्चालन गरिनु गम्भिर विषय भएकाले छानबिनका लागि निगमले समिति गठन गरेको हो,’ उनले भने ।

पम्पको छानबिन गर्न गठित समितिलाई स्थलगत अध्ययन गरेर प्रतिवेदन तयार गर्न तीन दिनको समयसीमा तोकिएको छ । छानबिन प्रभावित हुन सक्ने भन्दै समितिका सदस्यको नाम भने गोइतले खुलाउन चाहेनन् ।

समितिको प्रतिवेदनपछि उक्त पम्पलाई तेल बिक्रि रोक्न थानकोट डिपोलाई पत्राचार हुने निगमले जनाएको छ । मापदण्ड र सुरक्षाका दृष्टिले जोखिमपूर्णरुपमा चलाइएको उक्त पम्पले आर्थिक वर्ष ०७५÷०७६ मा मात्रै ११ लाख ४८ हजार लिटर पेट्रोल तथा ११ लाख ४९ हजार लिटर डिजेल बिक्री गरेको नेपाल आयल निगमको थानकोट डिपोले जनाएको छ । पेट्रोल पम्पले ईन्धन बिक्रि गर्दा डिजेलमा २ रुपैयाँ ५० पैसा तथा पेट्रोलमा ३ रुपैयाँ नाफा पाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment