Comments Add Comment

तिनाउ र मिसन डेभलपमेन्ट बैंक गाभिए

८ भदौ, बुटवल । तीन जिल्ला कार्यक्षेत्र भएको मिसन डेभलपमेण्ट बैंक र तिनाउ विकास बैंक र तिनाउ मिसन डेभलपमेण्ट बैंक एक आसपमा गाभिएका छन् ।

नेपाल राष्ट्र बैंकबाट एक महिनाअघि गाभिने अन्तिम स्वीकति लिएका यी दुई विकास बैंकहरु गाभिएर आइतबार एकीकृत कारोबार शुभारम्भ भएको हो ।

आइतबार आयोजित विशेष समारोहकाबीच राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालले गाभिए पछि बनेको तिनाउ मिसन डेभलपमेन्ट बैंकको एकीकृत कारोबार उद्घाटन गरे ।

गभर्नर नेपालले बैंक तथा वित्तीय संस्थाहरु विकास निर्माणका सम्भावना भएकोले उत्पादन बढाउने क्षेत्रहरुमा लगानी बढाउनुपर्नेमा जोड दिए ।

उनले आफूसँग भएको पैसाको उपयोग पनि नगर्ने र काम पनि नगर्ने परिपाटीको विकास भएकोमा दुःख व्यक्त गर्दै लगानीलाई जतिधेरै परिचालन ग¥यो उति धेरै प्रतिफल प्राप्त हुने हुँदा पैसालाई निष्क्रिय रुपमा राख्न नहुने बताए ।

प्रस्ताव पेश गरेको अति छोटो समयमै मर्जर हुन सक्नु वित्तीय क्षेत्रमै खुशीको कुरा रहेको बताउँदै नेपालले बैंकका सञ्चालक तथा कर्मचारीहरुको स्वच्छ आचरण र केही गर्नुपर्छ भन्ने धारणा रहेको बताए ।

उनले राष्ट्रिय स्तरको विकास बैंक बन्ने लक्ष्यमा रहेको तिनाउ मिसन बैंकलाई राष्ट्रिय स्तरको विकास बैंकको रुपमा देख्ने चाहना आफ्नो पनि भएको बताउँदै त्यसका लागि आफूले पूर्ण रुपमा सहयोग गर्नेबताए ।

त्यसैगरी प्रदेश न‌ं ५ का योजना आयोग उपाध्यक्ष डा. ईश्वर गौतमले बैंक तथा वित्तीय संस्थाहरु विकास निर्माणमा खम्बाको रुपमा रहेको धारणा राख्दै तिनाउ मिसन डेभलपमेण्ट बैंक पनि एउटा खम्बा भएको बताए ।

उनले बैंक तथा वित्तीय संस्थाहरुमा देखिएको अस्वथ्य प्रतिस्पर्धाले संस्थागत हित विपरित काम हुने बताउँदै नेपाल राष्ट्र बैंकले अगाडि सारेको मर्जरको अवधारणाले स्वस्थ्य प्रतिपर्धाको विकासको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । गौतमले तीन जिल्ला कार्यक्षेत्रका बैंकहरु एक आपसमा मिलेर राष्ट्रिय स्तरको विकास बैंक बन्ने चाहनालाई प्रशंसा गर्दै अग्रिम शुभकामना दिए ।

मर्जरपछि यो बैंकको अधिकृत पूँजी तीन अर्ब, जारी पूँजी एक अर्ब १४ करोड ४१ लाख र चुक्ता पूँजी पनि एक अर्ब १४ करोड ४१ लाख रुपैयाँ पुगेको छ ।

बैंकको जगेडा तथा अन्य कोषहरु २६ करोड छ लाख रुपैयाँ, निक्षेप संकलन १० अर्ब २० करोड, कर्जा प्रवाह आठ अर्ब ९२ करोड, सञ्चालन मुनाफा १९ करोड ७६ लाख र खूद मुनाफा १२ करोड ५६ लाख रुपैयाँ पुगेको छ ।

३९ वटा शाखा सञ्जालमार्फत करिब एक लाख सेवाग्राहीलाई सेवा दिएको बैंकको बुटवलमै प्रधान कार्यालय रहेको नेपाल कम्यूनिटी डेभलपमेण्ट बैंक सँगको एक्विजिसन प्रक्रिया समेत शुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment