Comments Add Comment

बेसार : तौल घटाउन पनि उपयोगी

हामीले दिनहुँ प्रयोग गर्ने खाद्य सामाग्रीहरुले हाम्रालागि औषधिको पनि काम गरिरहेका हुन्छन् भन्ने कुरा हामीलाई खासै जानकारी हुँदैन । हामीले खानामा स्वादका लागि प्रयोग गर्ने नुन, बेसार, जिरा, लसुन, अदुवा जस्ता धेरै खाद्य सामाग्रीहरुले खानेकुरालाई स्वादिलो त बनाउँछन् नै, औषधिको पनि काम गर्छन् ।

बेसार हाम्रो खानपानको अति आवश्यक कुरा हो । दिनहुँको खानामा बेसार समावेश गर्नु अनिवार्य हुन्छ । बेसारले हाम्रो खानालाई स्वादिलो र रंगिन बनाउन सहयोग गर्छ । बेसारबिना मसला अपुरो हुन्छ । तर, बेसारले तरकारीमा हुन सक्ने विशाक्त चिजलाई नष्ट पनि गर्छ भन्ने कुरा धेरैलाई थाहा छैन । यतिमात्र होइन, बेसारले हाम्रो वजन घटाउन पनि सघाउँछ ।

बेसारमा कक्र्यूमिन नामक सक्रिय यौगिक हुन्छ, जसको बारेमा धेरै कमलाई मात्र थाहा छ । यसले हाम्रो शरीरको अनावश्यक वजन कम गर्न सहयोग पुर्‍याउँछ । बेसारमा एन्टी ओबसिटी गुण भएकोले वजन कम गर्ने प्रमुख औषधिको रुपमा पनि यसको सेवन गरिन्छ ।

त्यसैले यदि तपाईंको वजन बढी छ भने बेसारको चिया पिउन सक्नु हुन्छ । बेसारको चिया बनाउनको लागि तातो पानीमा अलिकति बेसार मिसाउनुपर्छ । यदि तपाईंलाई मन पर्छ भने उक्त चियामा दालचिनी पनि मिसाउन सक्नु हुन्छ । दालचिनीले पनि वजन कम गर्न सहयोग गर्छ । अब त्यो मिश्रणलाई राम्रोसँग चलाएर पिउन सकिन्छ ।

यसबाहेक बेसारको प्रयोग मिठाइ, चामलको पुलाउ अथवा अन्य किसिमको व्यञ्जनहरुमा पनि प्रयोग गर्न सक्नुहुन्छ । दूधमा बेसार मिलाएर पिउनाले पनि वजन कम हुन्छ । मध्यम आँचमा ६ देखि ७ मिनेटसम्म तताएको एक गिलास दूधमा अलिकति बेसार मिसाउने । र, मनतातो भएपछि पिउनाले वजन त कम हुन्छ नै शरीरको दुखाइ कम गर्नुको साथै रुघाखोकी पनि निको पार्न पनि सहयोग पुग्छ ।

तर बेसारको सेवनमात्र पनि वजन कम गर्न प्रयाप्त हुँदैन । त्यसैले तपाईंको वजन कम गर्नका लागि बेसारको सेवनको साथसाथै सन्तुलित आहार र आवश्यक व्यायाम गर्न आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment