Comments Add Comment

यी लक्षण देखिए कलेजोमा समस्या हुनसक्छ

कतिपय व्यक्तिको कलेजोले सही ढंगले काम गरिरहेको हुँदैन । यद्यपि यसबारे उक्त व्यक्ति बेखबर हुन्छ । जब समस्या चर्को बन्छ तब मात्र कलेजोमा गडबडी भएको थाहा हुन्छ । कलेजोले सही ढंगले काम गरिरहेको छ कि छैन भनेर सुरुदेखि नै सतर्क रहनुपर्छ ।

कलेजोले सही ढंगले काम गरिरहेको छैन भने त्यसको लक्षण एवं सकेत देखापर्छ । उक्त संकेतलाई बुझेर सही समयमा उपचार गरियो भने सम्भावित खतराबाट बच्न सकिन्छ । अतः यी पाँच लक्षण हुन्, जसले तपाईंको कलेजोमा केही गडबडी छ भनेर संकेत गर्छ । यी संकेतलाई देखापरेमा तुरुन्तै चिकित्सककहाँ भेट्नुपर्छ ।

दुखाइ

कतिपय व्यक्तिको कलेजो सुनिन्छ । यस्तो अवस्थामा पेटको आकार स्वाभाविक भन्दा बढेको देखिन्छ । कतिपयले आफ्नो पेट बढेको भन्ने सोच्छन् । तर, पेट बढेको छ र त्यसमा बेला बखत दुख्छ भने सचेत हुनुहोस्, तपाईंको कलेजो सुन्निएको पनि हुनसक्छ ।

अत्यधिक थकान

अत्यधिक थकान हुनु, छाला रुखो हुनु र आँखाको आसपासमा कालो घेरा बन्नु पनि कजेलो खराब भएको संकेत हुनसक्छ । कलेजो खराब भएको वा कमजोर भएको स्थितिमा छाला क्षतिग्रस्त हुन्छ । साथै कपालको समस्या पनि देखापर्छ ।

पिसाबको रंग

कलेजो खराब भएको स्थितिमा पिसाबको रंग बदलिन्छ । यस्तो अवस्थामा पिसाबको रंग गाढा देखिन्छ । यसैगरी जन्डिसमा जस्तै नङ एवं आँखाको भाग पहेंलो हुन्छ ।

अपच

कलेजोमा खराबी आए खाना खान मन लाग्दैन । खाएको पनि राम्ररी पच्दैन । पेटमा ग्यास बढ्छ । यी लक्षण देखिए कलेजो खराब भएको बुझ्न सकिन्छ । यसका साथै छातीमा जलन र भारीपना पनि हुन्छ ।

मुखको स्वाद बिग्रनु

ज्वरो आएको बेला खानेकुराको स्वाद फरक हुन्छ । खानेकुरा मिठो लाग्दैन । यद्यपि ज्वरो नआएको अवस्थामा पनि खानेकुराको स्वाद फेरियो भने कलेजोमा केही समस्या छ भनेर बुझ्न सकिन्छ ।

कलेजोको रोगको कारण

कलेजोको सबैभन्दा बढी बिमारीहरुको कारण रक्स, सुर्तिजन्य पदार्थ र अस्वस्थ आहार हो । कलेजोमा धेरै रोग हुन सक्छन्, जसमा लिभर फेलर, लिभर क्यान्सर, लिभर एबसेस, फ्याटी लिभर, लिभर सिरोसिस प्रमुख छन् ।

के हो लिभर सिरोसिस ?

लिभर सिरोसिस सुस्त गतिमा बढ्ने रोग हो । सामान्य भाषामा भन्दा यो रोगमा कलेजोको आकार खुम्चिन थाल्छ र त्यसमा साह्रोपन आउँछ । यस रोगमा कलेजोका धेरै कोशिकाहरु नष्ट हुन्छन् र फाइबर तन्तुले त्यसको स्थान लिन्छन् ।

साथै कलेजोको बनावट पनि असामान्य हुन्छ जसले गर्दा पोर्टल हाइपरटेन्सनको स्थिति पैदा हुन्छ । यस बिमारीको अन्तिम उपचार कलेजो प्रत्यारोपण अर्थात् लिभर ट्रान्सप्लान्ट हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment