Comments Add Comment

के धिरेनले राजेशलाई चिन्दिन भनेका थिए ?

नायक राजेश हमालको चलचित्र क्षेत्रमा दबदबा छ । हुनत, अहिले उनी चलचित्रको पर्दामा खासै देखिएका छन् । तर, पनि दर्शकमाझ उनको क्रेजमा कमी आएको छैन । भलै, उनका चलचित्रले हलमा राम्रो व्यापार गरिरहेका छैनन् । तर, केही बर्ष अघिसम्म हमालको टाउको राखेर नै मेकरले राम्रो पैसा कमाएका थिए ।

हमालको क्रेज उच्च रहेको समयमा नायक धिरेन शाक्यको पनि क्रेज राम्रै थियो । उनीहरुलाई एक–अर्काको प्रतिष्पर्धीको रुपमा हेर्ने गरिन्थ्यो । सोही समय नायक धिरेन शाक्यले दिएको एक अन्तरवार्ता निकै चर्चामा रह्यो । धिरेनले राजेश हामललाई चिन्दिन भनेको भन्दै पत्रिकामा हेडलाइन बने । यो घटना अहिले पनि चर्चामा छ । हमाललाई नै चिन्दिन भनेपछि धिरेनप्रति दर्शक र चलचित्रकर्मीकै आक्रोश पोखियो । यसपछि, धिरेनको क्रेज घट्यो ।

तर, धिरेन आफूले राजेशलाई चिन्दिन नभनेको बताउँछन् । चलचित्रको प्रचारको लागि मात्र उक्त फण्डा गरिएको धिरेनले बताए । उनले भने–‘म र राजेशले ३–४ वटा चलचित्रमा सँगै काम गरिसकेका थियौं । त्यसो हुँदा हुँदै मैले कसरी चिन्दिनँ भनेर भन्थेँ होला । त्यो सबै चलचित्र मेकरले प्रचारको लागि गरेका थिए ।’

खबर सार्वजनिक भएपछि धिरेनले राजेशलाई आफूले यसो नभनेको भनेर जानकारी पनि गराएका थिए । आफूहरुविच राम्रो सम्बन्ध भएतापनि बाहिर दुश्मन जस्तो बनाइएको धिरेनले गुनासो गरेका छन् । यही अभिव्यक्तिका कारण धिरेन शाक्यलाई करिअरमा समस्या परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment