Comments Add Comment

गुल्मीमा सार्वजनिक यातायातको भाडा घट्ने

९ भदौ, गुल्मी । गुल्मीको सदरमुकामबाट ग्रामीण भेगमा पुग्ने सडकको स्तरोन्नती भएसँगै सार्वजनिक यातायातको भाडा घट्ने भएको छ ।

भदौ १० गतेबाट लागू हुने गरी भाडा दर घट्ने भएको हो । कच्ची, ग्राभेल र पक्की सडकमा फरक फरक भाडा दर लागू गरिने भएको हो ।

जिल्ला प्रशासन कार्यालय गुल्मीमा सरोकारवालासागको छलफलपछि सार्वजनिक यातायातको भाडादर घटाउने निर्णय गर्दै नयाँ भाडादर कायम गरेको छ ।

नयाँ भाडा दर अनुसार जिल्लाका विभिन्न ठाउासम्म पुग्ने सार्वजनिक यातायातको भाडादरमा आदाभन्दा बढी कमी आउने भएको छ ।

०७३ साल भदौ २० गते कायम भएको भाडादर नै यसअघि लागू हुँदै आएको थियो ।

अहिले कायम रहेको भाडा अन्य ठाउँको भन्दा तुलनात्मक रुपमा बढी भएको भन्दै नयाँ भाडादर तोकिएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए ।

सबै सडकहरुमा जीप र हाइस तथा बस र मिनी बसको भाडादर भने एउटै कायम गरिएको छ ।

कच्ची सडकमा जीप र हाइसको प्रतिकिलोमिटर ७ रुपैयाँ २५ पैसा कायम गरिएको छ । यसअघि प्रतिकिलोमिटर ९ रुपैयाँ तिर्नु पर्थ्यो । जीप र हाइसका लागि ग्राभेल सडकमा प्रतिकिलोमिटर ६ रुपैयाँ तथा कच्ची सडकमा ३ रुपैयाँ १५ पैसा कायम गरिएको छ ।

त्यस्तै कच्ची सडकमा बस र मिनी बसको भाडा प्रति किलोमिटर ६ रुपैयाँ कायम गरिएको छ । यसअघि प्रतिकिलोमिटर ७ रुपैयाँ २५ पैसा थियो । यस्तै ग्राभेल सडकमा बस र मिनी बसको भाडा प्रतिकिलोमिटर ५ रुपैयाँ तथा पक्की सडकमा ३ रुपैयाँ २ पैसा कायम गरिएको छ ।

सडकको संख्या यकिन हुन नसके पनि हाल एक सयको हाराहारी सडकमा सार्वजनिक यातायात नियमित गुड्ने गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्लामा धेरै सडकहरु स्तरोन्नती भइसकेका छन् । तर, भाडा भने कच्ची सडकमा गुड्ने गाडीले जसरी नै भाडा लिने गरेको पाइएपछि नयाँ भाडा दर कायम गरिएको उनले बताए ।

विद्यार्थी, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएकाहरुलाई सार्वजनिक यातायातमा नियम अनुसार छुट दिने निर्णय पनि गरेको छ । छुटनका लागि सक्कली परिचय पत्र यात्रुको साथमा हुनुपर्ने प्रशासन कार्यालयले जनाएको छ । यसअघि पहाडका जिल्लाहरुमा विद्यार्थी, ज्येष्ठ नागरिक तथा अपाङ्गताहरुलाई व्यवसायीहरुले छुट दिएका थिएनन् ।

त्यस्तै जिल्ला जिल्ला भर चल्ने सार्वजनिक यातायात अन्र्तगत रातो नम्बर प्लेटको सवारी साधनले सवारी बोक्नमा कडाई गरिने भएको छ । रातो नम्बर प्लेटका गाडीले पनि यात्रु बोक्ने गरेको गुनासो व्यवसायीहरुले गरेका थिए ।

रातो नम्बर प्लेटका सवारी साधानले यात्रु बोक्ने गरे करवाही गरिने प्रजिअ पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment