+
+
Shares

छायांकन पूर्व नै आलिया र सलमानको फिल्म २ सय करोडमा किनियो

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ ९ गते १४:०१

बलिउड नायक सलमान खान र नायिका आलिया भट्टको मुख्य भूमिका रहने चलचित्र ‘इन्शाअल्लाह’ निकै चर्चामा छ । संजयलीला भन्सालीको निर्देशनमा बन्ने यो चलचित्रलाई प्रतिक्षित चलचित्रको रुपमा हेरिएको छ ।

छायांकनको तयारीमा रहेको चलचित्रलाई लिएर नयाँ समाचार बाहिरिएको छ । छायांकन सुरु हुनु पूर्व नै चलचित्रलाई १ सय ९० करोड रुपैयाँमा किनिएको समाचार बाहिर आइरहेको छ । भारतको थिएटर राइट्सका लागि एक वितरकले १ सय ९० करोड दिएका हुन् ।

समाचारका अनुसार निर्देशक भन्सालीले जयन्तिलाल गडालाई चलचित्र बेचेका हुन् । जयन्तिलाल ‘पेन सिनेमाज’का संचालक हुन् । लभ स्टोरी जनरामा निर्माण हुन लागेको चलचित्रमा सलमानले ४० वर्षिय व्यापारीको भूमिका निर्वाह गर्नेछन् भने आलियाले २० वर्षिय अभिनेत्रीको भूमिका निर्वाह गर्नेछिन् । छायांकनको तयारीमा रहेको या चलचित्रलाई सन् २०२० को इदमा रिलिज गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?