Comments Add Comment

साहोका बारेमा १२ रोचक जानकारी

साहो, प्रदर्शनको तयारीमा छ । यो बहुप्रतिक्षित चलचित्र हो । चलचित्र घोषण भएदेखि नै यसले व्यापक रुपमा चर्चा पाएको छ । त्यसको केही कारण छन् । जस्तो कि, यो चलचित्रमा अभिनेता प्रभास मुख्य भूमिकामा छन् । बाहुबलीबाट ख्याती कमाएका उनी यस चलचित्रमा भएकाले मात्र पनि होइन, यो चलचित्र निकै ठूलो लगानीमा बनेको हो । भारु ३ सय करोड लागतमा बनेको कारण यसको चर्चा चलेको छ ।

-दक्षिण भारतीय स्टार प्रभास स्टारर हिन्दी फिल्म ‘साहो’ करिव साढे तीन सय करोड भारतीय रुपैयाँको बजेटमा तयार पारिएको हो ।

-यो एउटा स्पाइ-थ्रिलर फिल्म हो, जसमा एक्सनको हाई डोज देख्न पाइने छ भने फिल्ममा कमेडी र रोमान्सका दृष्य पनि उत्तिकै समावेश गरिएका छन् ।

-फिल्मको एक-एक एक्सन दृष्यका लागि करिब २५ करोड भारु खर्च गरिएको छ । ती एक्सन दृष्यहरु दुबईको बुर्ज खलीफाको वरपर छायांकन गरिएका हुन् । ती दृष्यहरुलाई स्टन्ट कोरियोग्राफर केनी बेट्सले डिजाइन तथा छायांकन गरेका हुन् ।

-फिल्ममा प्रभासले एक डबल एजेन्टको भूमिका निर्वाह गरेका छन् । भनिन्छ, उक्त फिल्ममा करिब-करिब हरेक कलाकारलाई हल्का ग्रे-सेडमा प्रस्तुत गरिएको छ ।

-साहोमा प्रभासले केही अन्डरवाटर स्टन्टहरु समेत गरेका छन् । त्यसका लागि उनले स्कूबा डाइभिङको प्रशिक्षण लिएका थिए ।

-बाहुबलीको लुकबाट साहोको लुकसम्म आउनका लागि प्रभासले निकै नै मेहनत गरेका छन् । यो फिल्मका लागि प्रभासले आफ्नो १० किलो तौल घटाएका थिए ।

-फिल्ममा श्रद्धा कपुरले क्राइम ब्रान्च अफिसर अमृता नैयरको भूमिका निर्वाह गरेकी छिन् ।

-साहोलाई तमिल भाषामा छायांकन गरिएको छ, तर यो फिल्म तेलुगु, मलयालम तथा हिन्दी भाषामा पनि प्रदर्शन हुनेछ ।

-भनिन्छ, साहोको एउटा गीत ‘ब्याड ब्वाइ’का लागि अभिनेत्री ज्याक्लिन फर्नान्डिजले २ करोड भारु पारिश्रमिक लिएकी छिन् । उक्त गीतलाई नीति मोहन तथा बादशाहले गाएका हुन् ।

-फिल्ममा नील नितिन मुकेश, ज्याकी श्राफ, मन्दिरा बेदी तथा चंकी पाण्डे जस्ता बलिउडका लोकपि्रय कलाकारलाई पनि देख्न सकिन्छ ।

-यो फिल्मले आफ्नो रिलिजभन्दा अगाडि नै ३ सय करोड भारु आम्दानी गरिसकेको छ । उक्त आम्दानी सबै भाषामा दिइएको थिएटि्रकल राइट्सबाट भएको हो ।

-यो फिल्म १५ अगष्टमा प्रदर्शन हुनु पर्ने थियो, तर अन्य फिल्महरु उक्त मितिमा प्रदर्शन हुने भएकाले यसको प्रदर्शन दुई सातापछि सारेर अगष्ट ३० लाई निर्धारण गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment