Comments Add Comment

कुन अभिनेत्रीलाई मन पराउँछन् प्रभास  ?

बलिउडका सुपरस्टार प्रभास पछिल्लो पटक फिल्म ‘बाहुबली-२’ मा देखिएका थिए । उक्त फिल्म सन् २०१७ मा प्रदर्शन भएको थियो । उक्त फिल्मले आम्दानीको प्रसंगमा अधिकांश ब्लकबस्टर फिल्महरुलाई पछाडि पारिदिएको थियो ।

अहिले आएर दुई वर्षपछि उनी एक्सन-थि्रलर फिल्म ‘साहो’ मार्फत दर्शकमाझ आउँदैछन् । यो फिल्म यही भदौ १३ गते शुक्रवारदेखि प्रदर्शन हुँदैछ । उक्त फिल्मको टे्रलरलाई दर्शकहरुले निकै मन पराएका छन् । उक्त फिल्ममा अभिनेत्री श्रद्धा कपुरले प्रभाससँगै अभिनय गरेकी छिन् ।

यसैबीच साहोका यीनै दुई मुख्य कलाकार आफ्नो फिल्मको प्रचार-प्रसार गर्ने क्रममा द कपिल शर्मा शोमा पुगेका थिए । उक्त कार्यक्रममा दुवै स्टारहरुलाई कपिल शर्माले थुप्रै रमाइला प्रश्नहरु सोधे । त्यही क्रममा कपिलले प्रभासलाई एउटा रोचक जिज्ञासा राखे । कपिलले उनलाई बलिउडमा उनलाई मनपर्ने अभिनेता तथा अभिनेत्री को-को हुन् ? भन्ने जिज्ञासा राखे ।

प्रभासले पनि निकै सहज शैलीमा जवाफ फर्काउँदै भने, ‘म बलिउडका दुई अभिनेताहरु शाहरुख खान तथा सलमान खानको ठूलो प्रशंसक हुँ । दीपिका पादुकोण तथा आलिया भट्ट मलाई मनपर्ने अभिनेत्रीहरु हुन् ।’

प्रभासले मनपर्ने फिल्मको बारेमा पनि बताए । उनलाई आमिर खानको दंगल तथा अमिताभ बच्चन र धर्मेन्द्रको ब्लकबस्टर फिल्म शोले मनपर्ने रहेछ ।

शोमा कपिल शर्मापछि जज अर्चना पुरन सिंहले पनि प्रभासलाई थुप्रै प्रश्नहरु सोधिन् । उनले प्रभासलाई उनको आफ्नै मनपर्ने फिल्म कुन हो ? भनेर सोधिन् । जसको जवाफमा प्रभासले माथि उल्लेखित कलाकारका फिल्महरु हेर्न मन पराउने बताए ।

त्यसक्रममा कपिलले प्रभाससँग साहोको बजेटको बारेमा पनि सोधे । जसको जवाफमा प्रभासले भने-३ सय ५० करोड । उनको जवाफ सुनेर अर्चना पुरन सिंह तथा कार्यक्रम हेर्न उपस्थित सम्पूर्ण दर्शकहरुले आश्चर्य माने । त्यही बेला कपिल शर्माले कार्यक्रमका प्राविधिकहरुसँग चिया बनाउँदै आफ्नो ब्लड प्रेसर लो भैरहेको भनेर ठट्टासमेत गरे ।

साहोमा प्रभास र श्रद्धाका अतिरिक्त चंकी पाण्डे, ज्याकी श्राफ, महेश मांजरेकर तथा नील नितिन मुकेश मुख्य भूमिकामा छन् । फिल्ममा श्रद्धा कपुरले क्राइम ब्रान्च अफिसरको चरित्र निर्वाह गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment