Comments Add Comment

सलमान र आलियाको ‘इन्साअल्ला’को निर्माण स्थगित

सन् २०२० को इदमा रिलिज हुने भनिएको नायक सलमान खान र नायिका आलिया भट्टको चलचित्र ‘इन्साअल्ला’ प्रोजेक्टलाई निर्माणपक्षले स्थगित गरेको बताएको छ । सन् २०२० मा अब सलमानको चलचित्र ‘किक २’ रिलिज हुने बताइएको छ । भन्साली प्रोडक्शनले भारतीय मिडियामा बताएअनुसार, ‘इन्साअल्ला’को कामलाई स्थगित गरिएको छ र चाडै नै नयाँ प्रोजेक्टको घोषणा गरिनेछ ।

योसँगै लामो समयदेखि चर्चामा रहेको यो चलचित्र किन स्थगित भयो भन्ने चर्चा सुरु भएको छ । केही भारतीय मिडियाले कलाकारहरुको उच्च पारिश्रमिक डिमाण्डका कारण पनि तत्काल चलचित्र बनाउन नसक्ने अवस्था आएको उल्लेख गरेका छन् । संजयलिला आफ्ना कलाकारहरुलाई प्रेम गर्छन् र उनीहरुको सुझावलाई ग्रहण गर्छन् । तर, उनीहरुको हस्तक्षेप मन नपराउने भएका कारण पनि यो चलचित्र तत्काल नबन्ने अवस्था आएको बताइएको छ ।

संजयलिला र सलमानको यो प्रोजेक्ट स्थगित भएपनि उनीहरु मिल्ने साथी रहेको भारतीय मिडियाले उल्लेख गरेका छन् । अब, सन् २०२० को इदमा सलमान खानको चलचित्र ‘किक २’ र नायक अक्षय कुमारको चलचित्र ‘लक्ष्मी बम्ब’को भिडन्त हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment